दुर्गमको विद्यालय चन्दाकै भरमा सञ्चालन

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२१ कार्तिक २०७३, आईतवार १०:३९

बेनी । यसैगरी मुदी–३ का टेकप्रसाद रोका गाउँमा नयाँ मान्छे देख्ने बित्तिकै विद्यालयका लागि आर्थिक सहयोग माग्नुहुन्छ । उहाँसँगैै भानसिंह रोका, दलमाया रोकासहित मुदी नाउरावासीको दैनिकी उस्तै छ ।
गाउँमा रहेको विद्यालयलाई सरकारी सेवासुविधा उपलब्ध नभएपछि बाध्य भएर अभिभावकले विदेशबाट फर्किएका लाहुरे, धौलागिरि बेस क्याम्प घुम्न जाने विदेशी पर्यटकलाई आफ्ना बालबालिकाले अध्ययन गर्ने विद्यालयलाई चन्दा सङ्कलन गर्ने गरेका छन् । २०६७ सालमा रनजनज्योति बालविकास केन्द्रको स्थापना गरेका नाउरावासीले तीन वर्षसम्म जिल्ला शिक्षा कार्यालयबाट मासिक दुई हजार उपलब्ध गराए पनि त्यसयता कुनै पनि सरकारी सहयोग पाएका छैनन् । विद्यालयको भौतिक पूर्वाधार, शिक्षकको तलबसहित आवश्यक सामग्री जुटाउन आर्थिक सङ्कलन अभियान सञ्चालन गर्ने गरेका छन् ।

देशभर आधारभूत तहको शिक्षा निःशुल्क उपलब्ध गराइरहेको अवस्थामा नाउराका स्थानीयवासीले शिक्षकको तलब, आफ्ना बालबालिकाको पाठ्यपुस्तकसमेत आफँै खरिद गर्ने गरेका छन् । “अभिभावकको सक्रियतामा विद्यालय सञ्चालन भइरहेको छ । आफ्ना बालबालिकालाई कुनै पनि समस्या नहोस् भनेर निरन्तर चन्दा सङ्कलन गर्नुहुन्छ”, विद्यालयकी प्रधानध्यापक दीपा गर्बुजाले भन्नुभयो । २१ घरधुरी रहेको नाउरा गाँउका ११ जना विद्यार्थीलाई भौतिक पूर्वाधारको अभावमा एउटै कक्षामा राखेर पठनपाठनको व्यवस्था गरिएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख १२, २०८१