यस्तो छ चुरोट खान छोड्ने सजिलो तरिका

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१९ कार्तिक २०७३, शुक्रबार १२:१९

कुनै पनि कुराको लत लागे पछि छोड्न लाइ त्यति सजिलो लाग्दैन। सजिलो नलाग्नुको एउटै कारण हो । हामि चुरोट खान छोड्नु लाइ भित्रै आत्मा देखि नै गाह्रो हुने महसुस गर्छौ र बिभिन्न वाहानामा आफुले चुरोट छोड्न नसक्ने वताउछौ अझ भनै हामी यसो भन्छौ म यस कारण चुरोट छोड्न सक्दिन जस्तै चुरोट खाने साथिहरू सँग संगत भएकोले छोड्छु भने पनि भेट हुदा खानै पर्छ नत्र साथिहरूले तैले चुरोट खान छोडेको रु भनेर हास्दै उडाउन थाल्छन साथिहरू सँग एक्लिएको महसुस हुन्छ उनिहरू सँग भेटघाट हुदा रमाइलो गर्ने वाहाना नै हुदैन त्यस कारण एक पटक खान्छु त्यस पछि नखाउला नि भनेर खाइन्छ त्यस पछि खान छोड्नै सकिदैन,त्यस्तै यो वा त्यो वाहानामा मलाइ टेन्सन भैरहन्छ टेन्सन भएकै कारणले म चुरोट खान छोड्न सक्दिन खानै पर्छ के गर्ने चाहेर पनि छोड्न सकेको छैन यस्तै यस्ता विभिन्न् वाहाना हरू अगाडि सारेर हामि चुरोट खान छोड्न नसक्ने वाहाना वनाउछौ र त्यसमा पनि चुरोट छोड्न नसकेको टेन्सन आफै माथि थोपर्छौ हामि लाइ थाहा छ खादा इज्यत, पैसा, श्वास्थ र अफ्नो जिवन समेत नोक्सान गरि रहेका छौ चुरोट खानेहरू सँग वसेर खाँदा त इज्यतिलो भएको ठान्छौ गर्व पनि लाग्छ म पनि चुरोट खान्छु भनेर तर चुरोट नखानेहरूको छेउमा गएर खायो भने वा चुरोट खाएर छेउमा बस्यो भने वा गन्नाहिदियो भने मुखले भन्न सक्ने हरूले अलि अलि भनिहाल्छन भन्न नसक्ने हरूले मन मनै यति घृणा गर्छन कि उनि हरूले मुखले मात्र भन्न नसकेका हुन्छन कारण धेरै हुनसक्छन जस्तै। अफ्नो मान्छे भनेर, डर लागेर, इर्ष्या लागेर हामिले सोचेको भन्दा कयौ गुणा अझ भनौ चुरोट नखाने हरूको लागि त्यो भन्दा घृणित कोहि हुदैन र केहि हुदैन हामिलाइ त्यो कुरा पनि थाहा छ तर पनि हामि चुरोट छोड्न तत्पर हुदैनौ वा सुरू नै गर्दैनौ, सुरू गरेनै पनि चुरोट छोड्नै सक्दैनौ, किन ?%e0%a4%9a%e0%a5%81%e0%a4%b0%e0%a5%8b%e0%a4%9f

बाहिर बाट जति नै ज्ञान हासिल गरे पनि भित्रि आत्माले स्विकार नगरून्जेल सम्म प्रयोग गर्न गाह्रो हुन्छ ।चुरोट छोड्ने धेरै तरिका त थाहा होला तर आफुमा नै चुरोट छोड्ने विश्वाश छैन भने वा चुरोट छोड्ने धृढ संकल्प ९ जसरि पनि चुरोट छोड्छु भन्ने आँट ० छैन भने त्यो झनै टेन्सनको विषय बन्न सक्छ। तर एकै पटकमा छोड्न सकिएन भन्दैमा चुरोट नै छोड्न नसकिने भन्ने चै हैन पटक पटक प्रयास गरेर पनि छोड्न सकिन्छ यसो गर्दा झन अनुभव वड्छ अर्को पटक छोड्न लाइ सजिलो हुन्छ तर छोड्ने प्रयास गर्दै गर्छु एक दिन न एक दिन त छोडिएला नि भनेर खादै छोड्दै गर्यो भने चै आफै लाइ घाटा छ १ खिल्लि चुरोटले ५ मिनेट अयु घटाउ छ भन्ने तथ्य हामि ले पत्र पत्रिकामा प्रसस्तै पढेका छौ। र यो कुरा पनि हामि लाइ राम्ररि थाहा छ कि चुरोट, जाँड, रक्सि जुन सुकै नसाको वानि लागेको मान्छे दुर्घटना बाहेक कालगति मर्यो भने उ कुनै न कुनै रोग लागेरै मर्छ उसलाइ लाग्ने रोगको कारण पनि त्यहि नसालु पदार्थ नै बहुन्छ अचम्म त के छ भने चुरोट बिना १ दिन पनि बाच्न नसक्ने मान्छे बिरामि परेपछि वा हस्पिटल भर्ना भए पछि अर्थात अन्तिम अवश्थामा पुगि सके पछि महिनौ वा वर्षौ दिन सम्म चुरोट नखाइ वाच्नु परेको अवश्था छ त्यो समयमा झन कति चुरोट खान मन लाग्दो हो अझ भनौ हामिले दिन प्रतिदिन झलझलि देखि रहेको यथार्थ चुरोट खाने मान्छेले मर्ने बेलामा चुरोट छोडेरै मात्र मर्नु पर्छ यस कारण एक न एक दिन त हामिले चुरोट छोड्नै पर्छ तर कसरि छोड्ने एकै पटकमा अहिलै देखि खादै खान्न भनेर सधैको लागि छोड्ने हो कि रु पटक पटक प्रयास गरेर विस्तारै छोड्ने हो कि रु वा रोग लागि सके पछि अन्तिम अवश्थामा पुगेर मात्र छोड्ने रु निर्णय भने हामि आफैले गर्ने हो किनकि अफ्नो जिन्दगीको बारेमा आफुले जति अरू कसैले पनि सोचेको हुदैन वा आफ्नो वारेमा आफै लाइ जति थाहा अरू कसैलाइ पनि हुदैन अझ भनौ आफुलाइ आफैले मात्र राम्ररि चिनेको हुन्छ यो एउटा आफुले आफै लाइ जाच्ने अवसर पनि हो। आफुमा भएको क्षमता यहा पनि प्रयोग गर्न सकिन्छ किनकि जति सक्दो चाँडै हामिले चुरोट छोड्न सकिन्छ त्यसैगरि जिन्दगिमा जति पनि समस्या आउछन यसै गरि सरल तरिका बाट कम समयमा सम्पु्र्ण समस्याको सामधान गर्न सक्ने क्षमता आफु सँग रहेको थाहा हुन्छ यदि हामिले आँट गरेर चुरोट छोड्न सक्यौ भने जिवनमा जुन सुकै काम गर्ने आँट गरे पनि हामि सफल हुन्छौ । हामि लाइ अघाडि बड्न संसारको कुनै पनि शत्तिले रोक्न सक्दैन।

यहाँ महत्वपुर्ण कुरा के छ भने, हामि जसरि बिभिन्न बाहानामा चुरोट खान्छौ त्यसैगरि बिभिन्न बाहाना बनाएर चुरोट छोड्न पनि सकिन्छ जस्तै, साथि हरू संग एक्लिएको महशुस हुने भएमा उनि हरूलाइ यसो पनि भन्न सकिन्छ के गर्ने साथि हो मलाइ त डक्टरले चुरोट नखानु भनेको छ ठुलो रोग लागेको छ रे यदि चुरोट छोडिन भने जे पनि हुन सक्छ भनेको छ। के गर्यौ साथि हो भनेर सोध्यो भने यहाँ फेरि अर्को रहस्य पनि खुल्छ को चुरोट खाँदा मात्रै को साथै हो र को चै सुख दुखमा साथ दिने जिन्दगिको साच्चैको साथि हो भनेर । यदि कुनै साथिले के कुरा गरेको यार एक दिन मर्नै पर्ने हो खाएरै मर्ने नि भन्ने जस्ता चुरोट खान उक्साउने कुरा गर्यो भने उ असल मित्र होइन । यदि कुनै साथिले हो यार तिमि लाइ त्यस्तो छ भने नखाउ बरू के सहोग गर्नु पर्छ म पनि गर्छु भन्यो भने उ एउटा असल साथि हो। तर यो पनि ध्यान दिनु पर्छ जिस्कएर भनेको हो वा साच्चै नै भनेको हो ।

जब आफुले चुरोट खान छोडेको १−२ महिना बित्छ वा चुरोट देखि घृणा लाग्न थाल्छ, अनि चै आफ्नो यथार्थता चुरोट छोड्न चाहने साथि हरू लाइ भन्न सकिन्छ। आफु सँग भएका चुरोट छोड्ने आइडिया पनि साथिरू संग सेयर गर्ने जसले आफुमा अझ धेरै आत्मविश्वास बड्छ यसरि रमाइलो सँग पनि चुरोट छोड्न सकिन्छ । चुरोट छोड्न गाह्रो छ भन्न पो सजिलो त , भन्ने हरूको पछाडि लाग्यो भने कहिलै पनि छोडिदैन तर सामान्य ठानेर सजिलो उपाय अपनाएर सजिलै चुरोट छोड्न सकिन्छ । आफुले आँट गर्नु पर्यो , सामान्य ठान् नु पर्यो चुरोट छोड्ने तरिका हरू धेरै छन । चुरोट छोड्ने तरिका इन्टरनेटमानै खोजौं भने पनि प्रशस्त पाउन सक्छौ केहि तरिकाहरू यस प्रकार छन

कुनै निश्चत मिति तोक्ने,यो दिन देखि म चुरोट खादै खान्न भनेर अलिक दिन पछाडिको कुनै एउटा दिन तोक्ने त्यो तोकिएको दिन आउनु भन्दा अघाडि देखि नै चुरोट खान कम गर्ने

मुख खालि नराख्ने , पानि प्रशस्त पिउने, मुखमा दाल चिनि, चुइगम, जस्ता खाने कुराहरू खाने

व्याम तथा योगा गर्ने , सरिरलाइ एक्टिभ राख्ने, धेरै तिर मन नडुलाउने , काममा व्यश्त भइरहने

चरोट खानेहरू सँग भर सक टाढै रहने, चुरोट संग सम्बन्धित वस्तुहरू छेउछाउ नराख्ने जस्तै सलाइ, स्ट्रे

आफ्ना दैनिक क्रियाकलापहरू परिवर्तन गर्ने,

मनोरञ्जनमा ध्यान दिने,जस्तै खेलकुद, गित संगित

स्वच्छ वातावरणमा रमाउने, अदि

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, चैत्र १५, २०८०