ए.आर.एफ.द्वारा शैक्षिक सहायता वितरण

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
३२ असार २०७१, बुधबार १०:०९

काठमाडौँ ,३२ असार । विगत सात बर्षदेखि परोपकारी कार्यहरु गर्दै आएको संस्था एशियन श्रोत बिकास केन्द्र नेपाल (ए.आर.एफ.नेपाल)ले यो बर्ष पनि सरकारी स्कूलका बालबालिकाहरुलाई शैक्षिक सामग्री वितरण गरेको छ । स्याङ्गजा जिल्लाको ३ वटा स्कूलहरु दहथुम मा.बि., लक्ष्मी प्रा.बि र ध्रुव देउराली प्रा.बि.का १०० जना जेहेन्दार बिद्यार्थीहरुलाई स्कूलको पोशाक, झोला, कापी लगायतका स्टेशनरी सामग्री वितरण गरिएको हो । स्याङ्गजा लगायत काठमाण्डौं, नवलपरासी र कपिलवस्तुका ११ वटा सरकारी बिद्यालयका ३०० जना बिद्यार्थीहरुलाई सो कार्यक्रममा समावेश गरिएको जानकारी केन्द्रका अध्यक्ष डा. मनोर दिन सैयदले दिनु भयो । पेशाले चिकित्सक भएता पनि केही समय फुर्सद निकालेर समाजलाई केही योगदान दिन पाउँदा आफुलाई निक्कै गौरवान्वित महशुस भएको कुरा डा. सैयदले बताउनु भयो ।

संस्थाले बालबालिकाहरुलाई शैक्षिक सहायता वितरण, महिला तथा बालबालिकाहरुलाई निःशुल्क स्वास्थ्य शिविर, शान्तिका लागि युवा नामक अन्तरक्रिया कार्यक्रम र न्यानो कपडा वितरण कार्यक्रम गर्दै आएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख १२, २०८१