जहाँ महिलाका सेकेण्ड ह्याण्ड भित्री वस्त्र किन्न होडबाजी हुन्छ

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१७ कार्तिक २०७३, बुधबार १३:३३

दुनियामा अहिले अनलाइनबाटै नुन देखि सुनसम्म र सुई देखि गाडीसम्म बिक्रि हुन्छ । समय तथा पैसा समेतको बचतका लागि मानिसहरु समयक्रमसँगै अनलाइनबाटै खरीददारी गर्न चाहन्छन् । तर यो सुन्दा तपाइँलाई आश्चर्य लाग्नेछ की यो दुनियामा यस्ता अनलाइन सपिंग साइटहरु पनि छन् जहाँ महिलाहरुले आफुले लगाइसकेका ब्रा तथा पेन्टी जस्ता भित्री वस्त्र बेचेर समेत मोटो रकम कमाउँछन् ।

girlयो कल्पना गर्नै अप्ठेरो लाग्ने कुरा हो की आखिर कुनै बिक्रेताले महिलाले प्रयोग गरिसकेका भित्री वस्त्रलाई हाकाहाकी कसरी बेच्न सक्छ ? अझ कुनै महिलाले लगाइसकेका भित्री वस्त्र जानीजानी किन्ने क्रेता कस्ता होलान् ? तर अनौठो त के भने अहिले महिलाहरुले प्रयोग गरिसकेका भित्री वस्त्रको बजारमा खुबै माग बढिरहेको छ अरे ।

चिन्ता नगर्नुस् नेपालमा होइन यस्तो अनौठो घटना भैरहेको । अमेरिकी देश पनामामा एक वैधानिक इ कमर्श कम्पनी सोफियाग्रे डट कम ले महिलाले लगाइसकेका सेकेण्ड ह्याण्ड भित्री वस्त्र बेच्ने गर्दछ ।

सन् २०१५ मा सुरु भएको यो सपिंग साइटबाट मानिसहरुले महिलाका सेकेण्ड ह्याण्ड भित्री वस्त्र खरीद गर्दछन् । यो साइटमा केवल महिलाका भित्री वस्त्र मात्र खरीद बिक्रि हुन्छ । महिलाहरुले आफुले लगाइसकेका भित्री वस्त्र समेत यो साइटमा बेच्न सक्दछन् ।

तीन हप्तासम्म मात्र लगाइएका ब्रा तथा पेन्टी लगायतका अन्तरवस्त्र महिलाले यो साइटमा बेच्न सक्दछन् । क्रेताहरुले उक्त साइटमा खरीदका लागि उपलब्ध सेकेण्ड ह्याण्ड भित्री वस्त्रलाई लिलामीको बोली लगाउँछन् । सबैभन्दा धेरै रकम कबूल गर्नेले महिलाको उक्त सेकेण्ड ह्याण्ड भित्री वस्त्र पाउँदछ ।

अनौठो कुरा त के भने यो साइटबाट ५ लाख रुपैयाँ बराबरको अविश्वसनीय मूल्यमा समेत महिलाका सेकेण्ड ह्याण्ड भित्री वस्त्र बिक्ने गरेका छन् । जबकी ती भित्री वस्त्र बजारमा नयाँ नै किन्दा निकै सस्तो पर्दथ्यो ।

बेलायती पत्रिका इन्डिपेन्डेन्टका अनुसार नेटफि्लक्समा आउने सिरियल, अरेन्ज इज द न्यू ब्लाकको एक श्रृंखलापछि यो साइटमा सेकेण्ड ह्याण्ड भित्री वस्त्रको मागमा तिव्र वृद्धि भएको हो । यो सपिंग साइटका अधिकांस प्रयोगकर्ता १८ देखि ३५ वर्षसम्मका छन् ।

यसरी महंगो मूल्य समेत तिरेर महिलाका प्रयोग भैसकेका भित्री वस्त्र खरीद गर्नेहरुले यौन आनन्द प्राप्तिका लागि त्यसो गर्ने गरेको बताइएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख ७, २०८१