हिन्दू धर्म अनुसार कुकुरकाे महत्व अाजकाे वैज्ञानिक कसीमा कत्तिकाे मेल खान्छ ?

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१३ कार्तिक २०७३, शनिबार ०९:१०
कुकुर एक रहस्यमयी प्राणी हाे। कुकुर जुन घरमा हुन्छ कि त त्याे घर घर बर्बाद हुन जान्छ कि त त्याे घरकाे प्रगति दिन दुुगुना रात चौगुना हुने गर्छ। भेडा प्रजातिकाे कुकुरहरूमा सबभन्दा श्रेष्ठ कालाे र कालाे एवं सेताे रंग मिश्रित कुकुर अत्यन्त फलदायक मानिन्छ। कुकुर पालन सम्बन्धमा धर्मले केही भन्दैन तर ज्योतिषशास्त्रमा कुकुर पाल्ने र त्यसकाे सेवा गर्ने कुरा उल्लेख गरिएकाे पाइन्छ।
लाल किताबका अनुसार कुकुर भनेकाे केतु शुभ हाेस् भन्ने हेतुले पाल्ने गरिन्छ । तर यसाे भनेर कुकुर पाल्नेबित्तिकै केतु शुभ भइहाल्ने हाेइन कुण्डलीकाे विश्लेषण गरेपछि मात्र ज्याेतिषीकाे सिफारिसमा कुकुर पाल्ने सल्लाह दिइन्छ। कुकुर पाल्नु खतरनाक पनि हुन सक्छ र फाइदाजनक पनि हुन सक्छ । त्यसैले कुकुर पाल्नुभन्दा पहिला कुनै ज्योतिष वा लाल किताबका विशेषज्ञसँग अावश्यक सल्लाह अनिवार्य मानिएकाे छ। कुकुरले तपार्इंलार्इ राजाबाट रंक र रंकबाट राजा बनाइदिन सकछ।
इस्लाम धर्मका अनुसार जुन घरमा कुकुर हुन्छ त्यस घरमा फरिश्ता (देवदूत) हरू अाउँदैनन्- (सहिह मुस्लिम हदिस नं २१०६)। हिन्दू धर्मका पुराणहरूमा कुकुरलार्इ यमराजकाे द्वारपाल मानिन्छ। ऋग्वेदकाे एक स्थानमा जघन्य शब्द निकाल्ने श्वानहरूकाे उल्लेख गरिएकाे पाइन्छ, जुन विनाशकाे सन्दर्भमा प्रयुक्त भएकाे छ।
भैरव महाराजकाे सेवक : कुकुरलार्इ हिन्दू देवता भैरव महाराजकाे सेवक मानिएकाे छ। कुकुरलार्इ भोजन दिनाले भैरव महाराज प्रसन्न हुन्छन् र सबै प्रकारका आकस्मिक संकटबाट उनी भक्तकाे रक्षा गर्दछन्। मान्यता के छ भने कुकुरलार्इ प्रसन्न राख्नाले त्यसले तपार्इंकाे वरिपरि यमदूतलार्इ पनि ढिम्कन दिँदैन। कुकुरलार्इ देखेर सबै प्रकारका दुष्ट आत्माहरू टाढा भाग्दछन्
कुकुरकाे योग्यता : वास्तवमा कुकुर एक यस्ताे प्राणी हाे जसले भविष्यमा हुने घटनाहरू र इथर माध्यम (सूक्ष्म जगत) का आत्माहरूलार्इ देख्ने क्षमता राख्दछ। कुकुरले कयाैँ किलोमिटर टाढासम्मकाे गन्ध सूँघ्न सक्छ। त्यसैले कुकुरलार्इ हिन्दू धर्ममा एक रहस्यमय प्राणी मानिएकाे छ।

मानिसहरू कुकुर किन पाल्दछन् ? : कुकुर एक वफादार प्राणी हो, जसले हरेक किसिमका खतराबाट पहिले नै अन्दाज लगाउन सक्छ। प्राचीन र मध्‍यकालमा पहिले मानिसहरू कुकुर अाफूसँग किन राख्थे भने उनीहरू कुकुरबाट जंगली जानवर, लुटेरा र भूतादिबाट सुरक्षा हुन्छ। बंजारा जाति र आदिवासीहरूले कुकुर पाल्नाकाे कारण के हाे भने उनीहरूलार्इ कुकुरले सबै किसिमका खतराबाट पहिले नै सतर्क हुन पाउन्। भारतमा जंगलमा बस्ने साधु-सन्त पनि कुकुर पाल्दथे । यसकाे कारण के हाे भने कुकुरले उनीहरूलार्इ कुनै पनि खतराकाे पूर्व सूचना दिन्थ्याे। अचेलभरि मानिसहरू घरमा कुकुर किन पाल्छन् भने कुकुरले उनीहरूकाे घरलार्इ चाेर अादिबाट रक्षा गराेस्।

  शनि र केतु का उपाय : कुकुरलार्इ हाम्रा धर्म ग्रन्थहरूका अलावा ज्योतिषशास्त्रमा पनि एक महत्वपूर्ण पशुका रूपमा लिइएकाे छ । कालाे कुकुर जुन ठाउँमा बस्दछ त्यहाँ नकारात्मक उर्जा टिक्न सक्दैन । त्यही कारणले कालाे कुकुरमा एकै पटक दुर्इ शक्तिशाली ग्रह शनि र केतुकाे प्रभाव हुन्छ।

शनिलार्इ प्रसन्न पार्नका लागि बताइएका विशेष उपायहरूमध्ये एक उपाय हाे घरमा कालाे कुकुर पाल्नु। जुन मानिसहरू कुकुरलार्इ खाना खुवाउँछन् उनीहरूसँग शनिदेव अत्यन्त प्रसन्न हुन्छन् । कुकुरलार्इ तेलमा पकाइएकाे रोटी खुवाउनाले शनिका साथसाथै राहु-केतुसँग सम्बन्धित दोषहरूकाे पनि निवारण हुन जान्छ। राहु-केतुकाे योग कालसर्प योगसँग पीडित व्यक्तिहरूलार्इ याे विशेष लाभदायक छ।

 सन्तान सुख हेतु : यस सम्बन्धमा लाल किताबमा के उल्लेख गरिएकाे छ भने सन्तान सुखमा बाधा आएमा कालाे कुकुर अथवा कालाे र सेताे कुकुर पाल्नुपर्छ। यसबाट सन्तान सुख प्राप्त हुन्छ। याे उपाय सन्तानकाे स्वास्थ्यका लागि पनि फलदायी मानिन्छ।
भाग्य चम्काइदिने कुकुर : कुकुर कालाे वा कालाे-सेताे मिश्रित रंगकाे हुनुपर्छ तर के कुरामा विशेष ध्यान दिनुपर्छ भने त्यस कुकुरका नङहरूकाे संख्या २२ वा साे भन्दा बढी हुनुपर्छ किनभने त्यति संख्यामा नङ हुने कुकुरलार्इ केतुकाे रूप मानिन्छ। यस्ताे कुकुरले नै तपार्इंकाे भाग्य चम्काइदिन सक्छ। शकुन शास्त्रमा कुकुरलार्इ शकुन रत्न मानिन्छ छ किनभने कुकुर मानिसभन्दा पनि ज्यादा वफादार, भविष्य वक्ता र अाफ्ना क्रियाकलापहरूका माध्यमबाट शुभ-अशुभका बारेमा जानकारी गराउने प्राणी हाे।
कालाे कुकुर पाल्नाले तपार्इंकाे राेकिएका पैसा फिर्ता हुन थाल्छन्। अचानक आइपर्ने संकटबाट मुक्ति मिल्दछ। आर्थिक संकट दूर हुन थाल्छ। पेटका राेगहरू, जोर्नीका दुखाइ र अन्य राेगहरूबाट पनि छुटकारा पाइन्छ। प्रेत बाधाबाट मुक्ति पाउनका लागि पनि कालाे कुकुर पाल्नुपर्छ । बिजनेस र कार्यक्षेत्रमा सफलता र उन्नतिका लागि पनि कालाे कुकुर वरदान सिद्ध हुन्छ।
कुकुरसँग जाेडिएका शकुन-अपशकुन :
* कुकुर भुक्नु र रूनुलार्इ अपशकुन मानिन्छ। कुकुर भुक्नुका धेरै कारणहरू हुन सक्छन् भने कुकुर रूनाका पनि धेरै कारणहरू हुन्छन्, तर अधिकांश मानिसहरू कुकुर भुक्नु र रूनुलार्इ नकारात्मक अर्थमा नै लिन्छन्।

* अपशकुन शास्त्रका अनुसार कुकुरले घरकाे चारैतिर घुम्दै क्रन्दन गर्नु अपशकुन वा अद्‍भुत घटना हाे र यसलार्इ इन्द्रसँग सम्बन्धित भय मानिएकाे छ।

* सूत्र-ग्रन्थहरूमा पनि श्वान वा कुकुरलार्इ अपवित्र मानिएकाे छ। यसकाे स्पर्श र दृष्टिपात बाट भोजन अपवित्र हुन्छ। यस धारणाकाे कारण श्वानकाे यमसँग सम्बन्धित हुनु हाे।
* शुभ कार्यकाे समयमा यदि कुकुरले बाटाे छेक्दछ भने विषमता तथा अनिश्चय प्रकट हुन जान्छ।
* कुकुरलार्इ प्रतिदिन भोजन दिनाले एकाति दुश्मनहरूकाे भय हुँदैन भने अर्कातिर व्यक्ति निडर हुन्छ।
* अन्तमा कुकुरका बारेमा एउटा अर्काे कुरा… त्याे के भने कुकुर पाल्नाले लक्ष्मी प्राप्ति हुन्छिन् । त्यसै गरी कुकुरले घरकाे रोगी सदस्यकाे राेग पनि अाफ्नाे काँधमाथि लिन्छ।
* यदि सन्तान प्राप्ति भएकाे छैन भने कालाे कुकुर पाल्नाले सन्तान प्राप्ति हुनेछ।
* ज्योतिषीका अनुसार केतुकाे प्रतीक हाे कुकुर। कुकुर पाल्ने वा कुकुरकाे सेवा गर्नाले केतुकाे अशुभ प्रभाव समाप्त हुनेछ। पितृ पक्षमा कुकुरलार्इ गुलियाे रोटी खुवाउनुपर्छ। वेबदुनियाबाट नेपालीमा भावानुवाद । भाषा अनुवादकः कुमार पाैडेल

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१