सरकारी विद्यालयको स्तरोन्नति आवश्यक : पूर्व मन्त्रि ढकाल

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१२ कार्तिक २०७३, शुक्रबार १७:२३
काठमाडौं । पूर्व शान्ति तथा पुनर्निर्माण मन्त्रि एकनाथ ढकालले सरकारी विद्यालयको स्तरोन्नति आबस्यक रहेको बताउनु भयको छ । बनदेवी निम्न मा. बि. का छात्र – छात्रा हरुलाई पोशाक वितरण कार्यक्रममा बोल्दै ढकालले राज्यले शैक्षिक क्षेत्रको बिकासमा प्रयाप्त ध्यान दिन नसकेकोले देश पछि परेको बताउदै अब देश बिकासको लागि शैक्षिक क्षेत्रमानै लगानी गर्नु पर्ने बताउनु भयो । %e0%a4%a2%e0%a4%95%e0%a4%be%e0%a4%b2उहाँले बालबालिकाहरुलाई बौद्धिक बन्न, नैतिकवान बन्न, सकारात्मक चिन्तन गर्न, देश भक्तिको भावना विकास गर्न र एक-आपसमा मिलनसार हुन सुझाब दिनु भयो । नेपाल परिवार दलका अध्यक्ष समेत रहेका ढकालले शिक्षक – शिक्षिका हरुलाई बिद्धार्थी मैत्री बाताबरण बनाउन र खोज अनुसन्धान मुलक पद्धति अनुसार अध्यापन गराउन सुझाब दिनु भयो । ब्यबस्थापिका संसदका सदस्य समेत रहेका ढकालले शैक्षिक क्षेत्र लाइ शान्ति क्षेत्रको रुपमा विकास गराउनु पर्ने बताउनु भयो ।  युवा जनजागरण अभियान समूह, गोकर्णेश्वरको पहलमा बिद्धार्थीहरुलाई पोशाक वितरण गरियको थियो। बिद्यालयका प्राचार्य बुद्धि बहादुर तामांगको अध्यक्षतामा सम्पन्न कार्यक्रममा युवा जनजागरण अभियान समूहका अध्यक्ष राजेन्द्र श्रेष्ठ लगायतले मन्तब्य राख्नु भयको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख ७, २०८१