विश्वविद्मालय सामाजिक कार्यशिक्षा प्रणाली किन समुदायमा जान जरुरी छ ः क्याम्पस प्रमुख कादम्बरी

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१० कार्तिक २०७३, बुधबार १२:५४

काठमाडौं  । कादम्बरी मेमोरियल कलेजले विश्वविद्मालय सामाजिक कार्यशिक्षा अध्ययापन र समुदायप्रति आफनो सामाजिक उत्तरदायित्वलाई एकैसाथ संमायोजन गरी समाज विकास र सामाजिक कार्य अध्ययन सुदृढीकरणका लागि विभिन्न समयमा विभिन्न समुदायप्रतिको जिम्मेवारीलाई पूरा गर्दै आएको छ । विगत ११ वर्षदेखि नेपालमा व्याच्र्लस अफ सोसलर्वकको अध्यापन गराउदैं आएको यस कलेजले समुदायका विभिन्न पक्षहरुलाई आयमुलक एवं आत्मनिरभरता तथा विद्मालयको विभिन्न समस्याहरुलाई निराकरण गर्न धादिङ्ग जिल्लाको सामजोङस्थित श्री चौतारा प्राथमिक विद्मालयलाई सहयोग गर्दै आएकोछ ।

14713672_1137910709591656_2690445634212040467_n
देशका विभिन्न भागमा सामाजिक कार्यमा आफनै विद्मार्थीहरुलाई संलग्न गरी कलेजले विभिन्न सामाजिक कार्य गर्दै आएकोछ । महाभुकम्पको बेलामा पनि विभिन्न संघसस्थासित मिलेर भुकम्प पीडितहरुको लागि उद्वारणीय काम गरेको थियौं । समुदायमै गएर आफना विद्मार्थीहरुले काम गर्न पाउनु र त्यहाँको वास्तविक वस्तुस्थिति पहिँचान गरी समुदायमै काम गर्न पाउनु पनि विद्मार्थीहरुको लागि ठूलै उपलव्धी भएको कादम्बरी कलेजका क्याम्पस प्रमुख प्रदिप्ता कादम्बरीले वताउनुभयो । उहाँले भन्नु भयो – विश्वविद्यालयका सामाजिक कार्यशिक्षा र समुदायबाट आर्जित तथा सिर्जित ज्ञान, सिप तथा अनुसन्धानलाई एकआपसमा सुदृढ गराई, विश्वविद्यालयको यस शिक्षालाई नयाँ खोज र सामाजिक कार्यलाई समाहित गर्दै, प्रभावकारी रुपमा परिमार्जन गरी समुदायको समुद्धिको लागि नयाँ आयमका साथ यस कलेजले विभिन्न सामाजिककार्यमा आफनो हात हाल्दै आएको छ ।

14681691_1137910642924996_8361394003043536372_n

बेलायतको दुहर्यान विश्वविद्मालयकी प्रा. लिना डोमेलीको संयोजकत्वमा दिवा खाजाको लागि आर्थिक संकलन गरी पठाएको रकम कादम्बरी कलेजलाई प्रदान गर्दै आउनुभएको छ । कलेजले संकलन भएको रकमलाई धादिङ्गको सामजोङस्थित श्री चौतारा प्राथमिक विद्मालयका विद्मार्थीहरुलाई दिवा खाजाको लागि सहयोग गर्दै आएको जानकारी दिएकोछ । हाल यस विद्मालयमा जम्मा २५ जना वालवालिकाहरु अध्ययान गर्दैआएका छन् । ग्रामीणक्षेत्रमा रहेको यस विद्मालयमा अति विपन्न समुदायका वालवालिकाहरुले गर्ने अध्ययन गर्ने गरेका छन् ।
विद्मालयकी दिवा खाजा कार्यक्रम संयोजक शिक्षिका धनमाया तामाङले सरकारले आफूले वनाएको प्राथमिक विद्मालयका विद्मार्थीहरुका लागि दिवा खाजाको व्यवस्थाको नीति अनुरुप राम्ररी गर्न नस्कनु ठूलो कमजोरी हो । तर यो कार्यक्रम राम्ररी अगाडि बढ्न नसकेको अवस्थामा काठमाडांैस्थित कादम्बरी कलेजले यस दिवा खाजा कार्यक्रमलाई सहयोग पुराएर अत्यन्तै महत्वपूर्ण र उपलब्धीमूलक काम गरेको छ, हामी विद्मालय परिवार उहाँहरुलाई धन्यवाद तथा आभार प्रकट गर्दछौं । यस दिवा खाजा कार्यक्रमले निरन्तरता पाएपछि विद्मालय छोडेर गएका विद्मार्थीहरु समेत अध्ययन गर्न आउन थालेका छन् । यो खुशीको करो हो । खाजामा हामीले पौष्ठिक तातो तातो खाजा, जाउलो, हलुवा, चिउरा र पुलाउको व्यवस्था गर्दै आएका छौं । सरकारले वालवालिकाको शिक्षाको लागि अति संवेदनशील भएर काम गर्नु पर्नेकुरामा जोडदिनुभयो ।

14657488_1137910792924981_6362296456935057568_n

आफनो सामाजिक कार्यको अध्ययन तथा अनुसन्धानमा यही कार्तिक ५ देखि ७ गते सम्म गएको टोलीमा कादम्बरी कलेजका क्याम्पस प्रमुख प्रदिप्ता कादम्बरीको संयोजनमा बेलायती सामाजिककार्यकर्ता डेभिड हरुप, अन्तर्राष्ट्रिय सामाजिक प्रयोगात्मक कार्यशिक्षाको लागि अष्ट्रिलीयाकी सामाजिक कार्यकर्ता मरिसा नोल्यान र कलेजकी प्राध्यापक अदिति जोशीले त्यहाँको भ्रमण गर्नुभएको थियो ।
खाजा कार्यक्रम दिर्घकालीनरुपमा लान शिक्षा र समुद्धिका लागि बाख्रा पालनको कार्यक्रम संचालनमा सहयोग गर्ने तथा उनीहरुको आत्मनिरभरतालाई सवलीकरण गर्न लागि यो अभियान अगाडि बढाउने र विद्मालयमा समिति गठन गरीे अभियान संचालन गर्ने कलेजकी प्रमुख कादम्बरीले जानकारी दिनुभयो । साभार फेवा न्युज

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१