पाँच वर्षभित्र साक्षरता दर ८७ प्रतिशत पुर्याइने

mukunda500.dhungana@gmail.com' rastriyakhabar
९ कार्तिक २०७३, मंगलवार ०८:१७

काठमाडौं  । आगामी पाँच वर्षमा नेपालको साक्षरता दर ८७ प्रतिशतमा पु¥याउने गरी शिक्षा मन्त्रालयले सोमबारबाट नयाँ योजना लागू गरेको छ ।%e0%a4%b8%e0%a4%be%e0%a4%95%e0%a5%8d%e0%a4%b7%e0%a4%b0%e0%a4%a4%e0%a4%be-%e0%a4%a6%e0%a4%b0
सन् २०१६ देखि २०२२ सम्मका लागि तयार गरिएको विद्यालय क्षेत्र विकास योजना ९एसएसडीपी०लाई सोमबार शिक्षामन्त्री डीआर पौडेलले स्वीकृति प्रदान गर्नुभएको छ । लागू गरिएको योजनाले आगामी पाँच वर्षमा छ वर्ष उमेर समूहको साक्षरता प्रतिशत ८७, १५ देखि २४ उमेर समूहको साक्षरता प्रतिशत ९५ र १५ वर्षभन्दामाथिको साक्षरता प्रतिशत ७५ पु¥याउने लक्ष्य लिएको छ । पाँच वर्षअघिको राष्ट्रिय जनगणनाले नेपालको साक्षरता करिब ६७ प्रतिशत रहेको देखाएको छ भने गत सन् २००० मै सरकारले २०१५ सम्ममा सबैलाई साक्षर तुल्याउने प्रतिबद्धता व्यक्त गरेको थियो ।

मन्त्रालयका उपसचिव दीपक शर्माले योजना लागू भएपछि सङ्घीयताका सन्दर्भमा अब शिक्षा क्षेत्रलाई बाटो सहज बनेको बताउँदै भन्नुभयो, “अब नतिजाका आधारमा दातृ निकायले रकम दिनेछ ।”

यसअघि दातृ निकायले उपलब्ध गराएको रकम खर्च गरी नतिजाका लागि कार्य गरिन्थ्यो । शिक्षा क्षेत्रमा आगामी पाँच वर्षका लागि करिब छ खर्ब ९१ अर्ब ३२ करोड रुपियाँ खर्च गरिनेछ । त्यसको ८८।८ प्रतिशत नेपाल सरकारकै लगानी हुनेछ भने दातृ निकायले ६।८ प्रतिशत उपलब्ध गराउनेछ भने अझै ४।४ प्रतिशत स्रोतको खोजी जारी छ । आजको गोरखापत्र दैनिकमा खबर छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१