यो समयमा खुकुरीको धारमा हिँड्नुपर्ने अबस्था छ : प्रधानमन्त्री

mukunda500.dhungana@gmail.com' rastriyakhabar
६ कार्तिक २०७३, शनिबार ०६:४९

काठमाडौं,६ कार्तिक। प्रधानमन्त्री प्रचण्डले आफुले खुकुरीको धारमा टेकेर काम गरिरहेको बताएका छन् । विभिन्न पार्टीहरुसँगको एकता सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले आफ्नो काम कठिन भएको उनको भनाई थियो ।prachanda-puspa

‘पहिलो पार्टी भएको बेला जस्तो प्रधानमन्त्री होइन । त्यो भन्दा अहिले खुकुरीको धारमा हिडनुपर्ने पक्कै छ ।’ उनले भने, ‘तर, जनता र कार्यकर्ताको समर्थन छ । हामी सफल हुन्छौँ ।’

प्रधानमन्त्री प्रचण्डले विकास र ठेक्कापट्टाको काम लिएर काठमाडौं आएका आफ्ना पार्टीका जिल्लातहका नेता–कार्यकर्तालाई गाउ पठाउने नयाँ सूत्र तयार  पारेको बताएका छन् । प्रधानमन्त्री प्रचण्डले विकासका लागि गाँउमा पसा पठाएर कार्यकर्ताहरुलाई गाँउ पठाउने योजना बनाएको सुनाएका हुन् ।

‘हाम्रा धेरै साथीहरु काठमाडौं आएका छन् । उहाँहरुलाई कसरी गाँउ पठाउने भनेर मैले अर्थमन्त्री र योजना आयोगका उपाध्यक्षसँग कुरा गरे । त्यसपछि सरकारको धेरै भन्दा धेरै पैसा गाँउ पठाउँ, अनि ती साथीहरु विकास गर्न गाँउ फर्कन्छन् भन्ने भयो ।’ प्रधानमन्त्री प्रचण्डले काठमाडौंमा बसेका आफ्ना स्थानीय तहका नेता–कार्यकर्तालाई व्यङ्ग गर्दै भने, ‘साथीहरु यतिकै त जानुहुन्न । अव विकासका लागि अहिलेसम्म कसैले नपठाएको रकम गाँउमा पठाउछु । गाँउमा विकास गर्ने काम तपाईहरुको ।’

सरकार गरिव जनताको पक्षमा रहेको प्रधानमन्त्रीको भनाई थियो । उनले आफ्नो सम्बोधनमा दोस्रो पटक प्रधानमन्त्रीको हैसियतमा गरिवका लागि सरकार बनाउने आफ्नो योजना रहेको बताए । प्रचण्डले पुरक बजेट मार्फत सरकारलाई जनतातिर फर्काउने प्रयास भैरहेको बताए ।

विगतमा केही कारणले छुटेपनि अहिले सरकार र पार्टीलाईे आफ्नो बर्गतिर फर्काउन आफु लागिपरेको बताए । ‘माओवादी आन्दोलनलाई एकताबद्ध गर्दै सरकारलाई जनतातिर फर्काउने काम गर्दैछौँ’ उनले भने ।

इतिहास बनाउने मौका पाएँ

प्रचण्डले इतिहास बनाउन आफुले विभिन्न कालखण्डमा पार्टी कार्यकर्ता, शुभचिन्तक र जनताबाट सहयोग पाएको पनि बताए ।
प्रचण्डले आफुलाई इतिहास बनाउन सहयोग गरेका घटनाहरु यसरी सम्झे
–परम्परगत तरिकाले भन्ने हो भने म भाग्यशाली हुँ ।
–जनता र कार्यकर्ताले मलाई देशको राजनीतिमा आमुल परिवर्तन गर्ने विद्रोहको नेतृत्व गर्ने अवसर दिए र इतिहास राख्ने मौका दिए ।
–उनीहरुले शान्ति प्रक्रियाको नेतृत्व गर्ने अबसर पनि दिए ।
–देशको सवैभन्दा ठूलो दल बनाउने काम गरेर सहयोग गरे ।
–गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्रीको जिम्मा दिएर इतिहास बनाउन सहयोग गरे ।
–दोस्रो पटक प्रधानमन्त्री बनाए ।
–अहिले आफ्नै नेतृत्वमा पार्टी एकताबद्ध गर्ने अवसर दिए । यो उनका मेरो लागी
ठूलो गौरवको विषय हो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख १३, २०८१