जीवनमा सम्पत्ति चाहिन्छ भने तिहार अघि घरबाट निकाल्नुहोस् यी ६ कुरा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
५ कार्तिक २०७३, शुक्रबार १४:२८

हरेक वर्ष जुन चाडको हामी व्यग्र प्रतिक्षा गर्छौं, त्यो पर्व अर्थात् तिहार, सबैको घर दैलोमा आउनै लागेको छ । यदि तपाईं पनि माता लक्ष्मीले आफ्नो घरमाथि कृपा गरुन् भन्ने चाहनुहुन्छ भने तिहारभन्दा अघि शास्त्रमा बताइएका यी ६ काम गर्नुहोस् । यसो गर्दा तपाईंको घरमा त्यो सकारात्मक ऊर्जा बन्नेछ जसका कारण माता लक्ष्मी तपाईंको घरतर्फ आकर्षित भएर तपाईंको जीवन सुख–समृद्धि र धनले भरिपूर्ण गरिदिनेछिन् ।%e0%a4%a4%e0%a4%bf%e0%a4%b9%e0%a4%be%e0%a4%b0

फुटेको सिसा परिवर्तनः
ढोका, झ्यालमा राखिएको सिसा यदि फुटेको वा चर्किएको छ भने त्यसलाई परिवर्तन गर्नुहोस् । यदि सिसा निकै धमिलो छ र सफा गर्दा पनि राम्रो हुँदैन भने, यसलाई परिवर्तन गर्नुहोस् किनभने यसले सकारात्मक ऊर्जाको प्रवेशमा बाधा उत्पन्न गरिदिन्छ । घरको कुनै पनि कुनामा फुटेको सिसा हुनुहुँदैन ।

कौसीमा फोहोर र काम नलाग्ने सामानहरु राख्नुभएको छ भने हटाउनुहोस्ः
धेरैले घरको छतमा काम नलाग्ने सामानहरु राख्ने गर्नुहुन्छ र यसलाई सफा पनि राख्नुहुन्न । यस्तो छ भने ती सामानहरु तुरुन्त हटाउनुहोस् । छत सफा छ भने दुख, तनाव र सङ्कटमा कमी आउँछ ।

बिग्रिएको इलेक्ट्रोनिक सामानहरु घरमा नराख्नुहोस्ः
घरमा यदि बिग्रिएको इलेक्ट्रोनिक सामान छन् भने त्यसलाई बनाएर प्रयोग गर्नुहोस् र यदि त्यसो गर्न सम्भव छैन भने त्यसलाई घरबाट निकाल्नुहोस् ।

ढोकाहरु मर्मत गर्नुहोस्ः
घरको ढोका फुटेको छ वा प्लास्टर टुटेको छ भने त्यसको मर्मत गर्नुहोस् विशेष गरी किचन र बैठक कोठामा यी कुराको विशेष ध्यान दिनुपर्छ ।

मूल ढोका सफा राख्नुहोस्ः
आफ्नो घरको मूल ढोकालाई सफा पानीले धुनुहोस् । यदि ढोका काठको छ भने त्यसमा रंग रोगन गरेर सिन्दुरले स्वस्तिकको चिन्ह बनाउनुहोस् ।

ऋणको बोझ आफ्नो काँधबाट हटाउनुहोस्ः
यदि तपाईंले कसैबाट पैसा सापटी लिनुभएको छ भने त्यसलाई तुरुन्त चुक्ता गर्न कोशिस गर्नुहोस् । शास्त्रका अनुसार जसको शिरमा ऋण छ, त्यसको घरमा माता लक्ष्मीले बास गर्दिनन् ।रातोपाटि बाट

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख १३, २०८१