बच्चालाई कसरी गराउने बच्चालाई स्तनपान ?

mukunda500.dhungana@gmail.com' rastriyakhabar
५ कार्तिक २०७३, शुक्रबार ०९:२५

डा. सुनीलराजा मानन्धर
बालरोग विशेषज्ञ
केएमसी, सिनामंगलstanpan
बच्चा जन्मिएको आधा घन्टाभित्र निस्किएको पहेँलो दूध बच्चालाई खुवाउँदा अति नै पौष्टिक हुन्छ ।
बच्चालाई ६ महिनासम्म आमाको दूधबाहेक अन्य कुरा खुवाउनु हुँदैन ।
बच्चालाई प्रत्येक दुईदेखि तीन घन्टाको फरकमा स्तनपान गराउनुपर्छ ।
जति स्तनपान गरायो त्यति नै बढी दूध आउँछ । स्तनपान नगराएमा आफैँ सुकेर जान्छ ।
कतिपय समाजमा पहिलो बिगौती दूध खुवाउन हुँदैन भनेर निचोरेर फाल्ने चलन छ । यो नवजात शिशुलाई सबैभन्दा राम्रो रोग प्रतिरोधात्मक औषधि हो ।
जुन बच्चाले प्रशस्त मात्रामा स्तनपान गरेको छ, सो बच्चा तीक्ष्ण हुन्छ ।
आमाको दूधमा बच्चालाई चाहिने प्रोटिन कार्बोहाइड्रेड, फ्याट, मिनरल्सलगायत सम्पूर्ण सन्तुलित आहार पाइन्छ । नयाँ पत्रिकाले छापेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख १५, २०८१