शिघ्र वीर्य स्खलन कसरी रोक्ने (टिप्स)

mukunda500.dhungana@gmail.com' rastriyakhabar
४ कार्तिक २०७३, बिहीबार १६:५०

प्राय: सबैजसो पुरुषले आफ्नो जीवनको कुनै न कुनै समयमा छिटो वीर्य स्खलन भएको अनुभव गरेका हुन्छन् । अहिले आफू तथा आफ्नो यौनजोडीले चाहेको समयभन्दा निरन्तर रूपमा चाँडो वीर्य स्खलन भए त्यसलाई छिटो वीर्य स्खलन भएको स्थिति अर्थात् शीघ्र स्खलन मान्न थालिएको छ । योनिमा घर्षण नै गर्न नपाई वीर्य स्खलन हुने समस्या पुरुषहरूमा देखिने यौनसम्बन्धी समस्यामध्ये सबैभन्दा बढी पाइने समस्या हो । कतिपयले सामान्य समयसीमामै वीर्य स्खलन भए पनि चाँडो भएको मान्छन् भने कसैले धेरै समय लागे पनि त्यसलाई सामान्य मान्न सक्छन् । महिलालाई यौन चरमसुख प्राप्त गर्न एकदम धेरै समय लाग्ने अवस्थामा पनि सामान्य समयमै भएको भए पनि पुरुषको वीर्य स्खलन चाँडो भएजस्तो लाग्न सक्छ ।

यसको पक्का कारण यही नै हो भनेर भन्न सकिने अवस्था नभए पनि शीघ्र स्खलनको मूल कारण मानसिक नै भएको पाइन्छ । कतिपय मानिसमा यौनसम्पर्क वा क्रियाकलापमा ‘राम्रो’ गर्न नसक्नु गम्भीर चिन्ताको विषय हुनसक्छ । आफ्नो यौन जोडीलाई सन्तुष्ट पार्न सक्दिनँ कि भन्ने चिन्ता ( performance anxiety) ले समस्यालाई थप चर्काउँछ । विरलै भए पनि केही Psychotropic Drug कतै यस्तो समस्याको कारण त होइन भनेर केलाउन पनि बिर्सनु हुँदैन ।

शीघ्र स्खलनले महिलामा के–कस्तो असजिलो ल्याउँछ ?

कतिपय जोडीले उत्तेजित लिङ्ग योनिमा पसाउने र लिङ्गलाई बाहिर–भित्र गर्ने अनि स्खलन भएपछि लिङ्ग झिकेर थपक्क कोल्टे परेर सुत्ने किसिमको यौन सम्पर्क गर्छन् । यस्तो स्थितिमा कतिपय महिलाले यौन आनन्द प्राप्त गर्न सक्दैनन् । यस्तोमा महिलाको सबैभन्दा यौन संवेदनशील अंग भगांकुरको घर्षण नै हुँदैन । त्यसमा पनि शीघ्र स्खलन हुँदा लिङ्ग प्रवेश नै गर्न पाएको हुँदैन वा भए पनि त्यसको समय निकै छोटो हुन्छ, त्यसैले थप समस्या पर्छ । तपाईंकी केटी साथी (गर्ल फ्रेन्ड) ले सन्तुष्टि नपाएको कुरा पनि यसैसँग सम्बन्धित छ ।

धेरैजसोले यौनसम्पर्क राखे पनि वीर्य स्खलन हुनुलाई पुरुषको यौन कार्य सक्षमताका रूपमा लिन्छन् । यसरी शीघ्र स्लखन हुँदा यौन कार्यसम्पादन राम्रोसँग गर्न नसकेको मान्छन् । महिलालाई यौन सुख दिन नसकेको भन्ने मानेर दु:खी मात्र हुने होइन, उनीहरूमा आत्मसम्मानको समेत समस्या देखिन सक्छ । महिलामा पनि शीघ्र स्खलन हुँदा पुरुषले मलाई यौनसन्तुष्टि दिन सक्दैन भन्ने मान्न सक्छन् ।

यस्तो स्थितिमा वीर्य स्खलनमा मात्र केन्द्रित गरेर यौनसम्पर्क राखिन्छ । कार्य सम्पादनको चिन्ता भएको स्थितिमा समस्या अझ चर्कन्छ । यस्तो स्थितिमा लिङ्ग योनिमा पसाउनुभन्दा पहिले गरिने स्पर्श, चुम्बन, सुमसुम्याइ वा पाक्क्रीडाजस्ता क्रियाकलाप पनि कम भएर जान्छन् । यसले गर्दा पुरुषमा मात्र होइन, महिलामा पनि मानसिक तनाव हुन्छ । यसले सम्बन्धको सुमधुरतालाई नै समस्यामा पार्न सक्छ । दुवैले राम्रोसँग कुराकानी गरेर तनावरहित वातावरणमा समस्याको समाधान खोज्नुपर्छ । हामीलाई थाहै छ, महिलाको सबैभन्दा यौन संवेदनशील अङ्ग भगांकुरबाहिरतिरै हुन्छ र यसको घर्षणका लागि योनिमा लिङ्ग प्रवेशको आवश्यकता पनि पर्दैन । औंला वा अन्य तरिकाले यसको घर्षण गर्दा महिलाले यौन आनन्द प्राप्त गर्न सक्छन् ।

समाधानका लागि के गर्न सकिएला ?
आक्कल–झुक्कल यस्तो शीघ्र स्लखन हुनु अस्वभाविक होइन । त्यसैले यस्तो स्थितिमा अनावश्यक रूपमा खासै चिन्ता गर्नु आवश्यक छैन । धेरै चिन्ता गर्दा समस्या बढ्न सक्छ । शीघ्र स्खलनको समस्या नियमित रूपमा हुन थाल्यो भने तपाईंले समाधानको उपाय खोज्नुपर्ने हुन्छ । यो समस्या कम गर्न आफैंले गर्न सकिने केही उपाय :

१. यौनसम्पर्क रोक्न–सुरु गर्ने : यौन सम्पर्कका क्रममा स्खलन होलाजस्तो भएपछि तुरुन्तै लिङ्ग योनिबाट बाहिर झिकेर केहीबेर यौन क्रिडा रोक्ने र यौन उत्तेजना केही कम भएपछि पुन: सुरु गर्ने ।

२. आसन परिवर्तन : लोग्ने मान्छे माथितिर र महिला तलको सट्टा महिला माथितिर बसेर सक्रिय भै यौनसम्पर्क गर्दा पनि शीघ्रस्खलनलाई कम गर्न मदत पुग्छ ।

३. लिङ्ग अँठ्याउने : स्खलन होलाजस्तो भएपछि तुरुन्तै लिङ्ग योनिबाट बाहिर झिकेर लिङ्गको फेदलाई बेस्सरी अँठयाउने र वीर्य स्खलन हुन नदिने । केहीबेरमा यौन उत्तेजना केही कम भएपछि पुन: यौनक्रिडा सुरु गर्ने ।

४. कन्डम प्रयोग गर्ने : कन्डमको प्रयोगबाट पनि कतिपयलाई शीघ्र स्खलनको समस्या कम गर्न मदत पुगेको छ । यस्तो बेला चिप्लो पदार्थ कम भएको तथा बाक्लो किसिमको कन्डमले बढी फाइदा पुर्‍याउँछ ।

५. मांसपेशी प्रयोग गर्ने : पिसाब आउँदा रोक्न प्रयोग गर्ने मांसपेशीको कसरत गरेर वीर्य स्खलनलाई रोक्ने अभ्यास गर्न सक्दा पनि फाइदा हुन्छ ।

६. औषधीको प्रयोग : अचेल छालाको संवेदनशीलता कम गर्ने मल्हम तथा स्प्रेहरू पनि बजारमा उपलब्ध छन् । Benzocaine तथा Lidocaine जस्ता औषधी भएका यस्ता उत्पादन लिङ्गमा प्रयोग गर्दा शीघ्र स्खलन कम गर्न मद्दत पुग्छ ।

७. वीर्य स्खलन नियन्त्रणको अभ्यास : दीर्घकालीन उपचारका लागि हस्तमैथुनमा जस्तै उत्तेजित लिङ्गलाई चलाउने र वीर्य स्खलन होलाजस्तो भए पछि रोक्ने र उत्तेजना केही कम भएपछि पुन: हस्तमैथुन सुरु गर्ने र वीर्य स्खलन होलाजस्तो भएपछि रोक्ने र यो प्रक्रिया दोहार्‍याउने । वीर्य स्खलनलाई राम्रोसँग नियन्त्रण गर्न सक्छु जस्तो लागेपछि आफ्नो श्रीमती (यौन साथी) सँग यौनसम्पर्करहित यौन क्रियाकलापमा संलग्न हुने तर यौन सम्पर्क अर्थात् लिङ्ग योनिमा पसाउने कार्य नगर्ने । वीर्य स्खलन होलाजस्तो भए पछि यो क्रियाकलाप रोक्ने र उत्तेजना केही कम भएपछि पुन: सुरु गर्ने अनि विस्तारै–विस्तारै यौन क्रियाकलापलाई अघि बढाउने । यो प्रक्रियामा निकै समय र पर्याप्त धैर्यता आवश्यक हुने भए पनि वीर्य स्खलन नियन्त्रणमा यो अभ्यास लाभदायक सावित हुनसक्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, चैत्र १६, २०८०