कसरी चिन्ने सामसुङ मोबाइलका सक्कली चार्जर र ब्याट्री

mukunda500.dhungana@gmail.com' rastriyakhabar
४ कार्तिक २०७३, बिहीबार १६:४२

नेपाली बजारमा अहिले सामसुङ मोबाइलको पकड बलियो छ । मोबाइल फोनका नक्कली पाट पूर्जाहरुको बिगबिगी बढेको भन्दै सर्वसाधारणले गुनासो गर्ने क्रम पनि त्यत्तिकै बढेको छ । हरेक कम्पनीका मोबाइल फोनको लागि बजारमा ब्याट्री, चार्जर, इयरफोन प्रशस्त मात्रामा उपलब्ध छन्।
samsung
कुनै सामान नक्कली हो भनी हामीले सिधै हेर्दा थाहा पाउन सक्छौँ। तर कुनै सामानमा भने कम्पनीको लोगो नै दिइएको हुन्छ । झट्ट हेर्दा ती सामान सक्कली जस्ता नै देखिन्छन्। यस्ता सामान विक्रेताहरु पनि यो सामान सक्कली हो भनेर ग्राहकलाई ठगी रहेका भेटिन्छन्।

कुनै पनि सामानमा कम्पनीको लोगो हुने बितिक्कै त्यो सामान सक्कली नै हुनु हो भन्ने ग्यारेन्टि हुँदैन। सक्कली जस्तो देखिने सामान नक्कली पनि हुन सक्छन्। यस्ता नक्कली सामानको प्रयोगले मोबाइल फोनमा समस्या उत्पन्न गराउँछ। हामी मोबाइल फोन त निकै महंगो किन्ने गर्छौ तर जब केही कारणले हामीले फोनको चार्जर, ब्याट्री किन्नु पर्ने समय आउँछ हामी सस्तो सामान किन्न तिर बढी ध्यान दिने गर्छौँ।

प्राय सबैले सामसुङ मोबाइल बोक्ने हुदाँ हामी सामसुङ मोबाइलका पाटपुर्जा सक्कली र नक्कली कसरी चिन्ने भनेर आधिकारिक विक्रेताहरु समक्ष पुगेका थियौं । सामसुङको सक्कली सामानमा आधिकारिक आईएमएसको चिन्ह अर्थात स्टीकर लागेको हुन्छ। जुन सामानमा यस्तो चिन्ह हुँदैन यस्ता सामान नक्कली हुन् भनी हामीले बुझनु पर्ने हुन्छ। यी नक्कली सामान हेर्दा सक्कली जस्ता नै देखिन्छन् र छुट्टयाउन निकै गाह्रो हुन्छ।

सक्कली चार्जरको डक (डल्लो) मा सामान्य अक्षरमा लेखिएको हुन्छ तर नक्कली डकमा गाढा रङ्गले लेखिएको हुन्छ। नक्कली र सक्कली डक हातमा समाउने विक्तिकै थाहा हुन्छ कुन नक्कली र कुन सक्कली हो भनेर। नक्कली डकको बाहिरी बनोट नै फरक हुन्छ। नक्कली डकलाई छाम्दा खस्रो हुन्छ भने सक्कली चिल्लो हुन्छ।

डकको प्लास्टिकको गुणस्तर हेर्दा नै थाहा हुन्छ। नक्कली डकमा डाटा केबल राख्ने लकको फिनिसिङ राम्रो सँग गरिएको हुँदैन। सक्कली डाटा केबलमा केबलको दुवै तिरको पिन (युएबी पोर्टमा लाग्ने र मोबाइलमा लाग्ने) को बनोट सम्म परेको, एक नाशको हुन्छ तर नक्कली केबलको बनोट सम्म परेको हुँदैन। साथै मोबाइलमा जोड्ने पिन नक्कलीमा ठुलो हुन्छ भने सक्कलीमा सानो हुन्छ।

सक्कली डाटा केबलमा युएबीको लोगो खाल्डो पारेर बनाइएको हुन्छ भने नक्कलीमा सो चिन्ह सतह भन्दा माथि उठाएर बनाइएको हुन्छ। सक्कली केबल मोबाइलमा लगाउँदा सजिलै फिट हुन्छ तर नक्कली केबल मोबाइलमा लगाउँदा सजिलै फिट नहुने समस्या हुन्छ।
सक्कली र नक्कली ब्याट्रीलाई चिन्नु पर्दा सक्कलीमा उत्पादन मिति दिइएको हुन्छ भने नक्कलीमा उक्त मिति दिइएको हुँदैन।

यस्ता नक्कली सामानको प्रयोग गर्दा मोबाइलको ब्याट्रीको आयु घट्ने, चार्ज हुन धेरै समय लाग्ने कुराको जानकारी सामसुङको अधिकारिक विक्रेता आईएमएस नेपालका विनोद के.सी दिए। साथै नक्कली चार्जरले मोबाइल फोन चार्ज गर्दा ब्याट्री चार्ज हुनुको साटो ब्याट्रीमा भएको पावर पनि घट्ने समस्या रहेको हुन्छ।

यसका साथै मोवाइल फोनमा विभिन्न किसिमका समस्या आउन सक्ने केसीले बताए। सक्कली मोबाइल पार्ट्समा आईएमएसको लोगो लागेको हुन्छ, लोगो नभएका सामान सक्कली जस्ता देखिए पनि सक्कली होइनन् उनले भने।
उपत्यकाका सबै पसलमा यस्ता सामान विक्री भइरहेका छन् र पसलै पिच्छे यस्ता सामानको मूल्य पनि फरक रहेको हुन्छ। पसलमा सामान किन्न जाँदा पसलहरुले यी नै सक्कली सामान हुन् भनेर बेच्ने पाइएको छ।

यी पसलहरुमा सक्कली र नक्कली सामान कसरी छुट्टयाउने भनेर सोध्दा उनीहरु सँग कुनै ठोस उत्तर हुँदैन। जुन सुकै मोबाइल पसलमा पनि यस्ता सामान छ्यापछ्याप्ती भेटाउन सकिन्छन्। हामीले यस्ता सामान किन्दा निकै ध्यान पुर्‍याउनु जरुरी छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख ७, २०८१