नेपाल उद्योग वाणिज्य महासंघको साधारणसभामा ६ जना पूर्वअध्यक्षद्धारा सहभागि नहुने घोषणा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
४ कार्तिक २०७३, बिहीबार ०७:४६

काठमाडौँ ,४ कार्तिक । नेपाल उद्योग वाणिज्य महासंघका ६ जना पूर्व अध्यक्षले कात्तिक ४ गते हुने विशेष साधारणमा सहभागि नहुने घोषणा गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्षलाई सम्बोधन गरी पत्र लेख्दै उनीहरुले औपचारिक निमन्त्रणासमेत प्राप्त नभएको भन्दै विशेष साधारण–सभामा उपस्थित हुन नसक्ने व्यहोरा अवगत गराएका हुन् ।%e0%a4%a8%e0%a5%87%e0%a4%aa%e0%a4%be%e0%a4%b2-%e0%a4%89%e0%a4%a6%e0%a5%8d%e0%a4%af%e0%a5%8b%e0%a4%97-%e0%a4%b5%e0%a4%be%e0%a4%a3%e0%a4%bf%e0%a4%9c%e0%a5%8d%e0%a4%af-%e0%a4%ae%e0%a4%b9%e0%a4%be
पत्रमा पूर्व अध्यक्षहरु महेशलाल प्रधान, पदम ज्योती, आनन्दराज मुल्मी, प्रदीपकुमार श्रेष्ठ, विनोदबहादुर श्रेष्ठ र कुशकुमार जोशीको हस्ताक्षर छ । पत्रमा विभिन्न माध्यमबाट विधान संशोधन गर्न विशेष साधारण–सभा हुन लागेको जानकारी प्राप्त भए पनि विधान संशोधन प्रक्रियामा पूर्वअध्यक्षको हैसियतले व्यक्तिगत र सामूहिकरुपमा रायरसुझाव लिने र छलफल गर्ने काम नभएको स्मरण गराइएको छ ।

पत्रमा ‘२०७३ कात्तिक ४ गते हुने विशेष साधारण–सभामा भाग लिन परम्परादेखि पूर्व अध्यक्षहरुलाई उपस्थितिका लागि निमन्त्रणा गरी आएकोमा यसपटक त्यस्तो कुनै निमन्त्रणा प्राप्त नभएकाले उपस्थित हुन असमर्थ भएको व्यहोरा विशेष साधारण–सभामा सुनाइदिनु भई जानकारी गराउन पनि अनुरोध गर्दछौं’ भनिएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख २८, २०८१