विवाहित टिस्कालाई फ्यानको बिहे प्रस्ताव

mukunda500.dhungana@gmail.com' rastriyakhabar
४ कार्तिक २०७३, बिहीबार ०७:३५

%e0%a4%9f%e0%a4%bf%e0%a4%b8%e0%a5%8d%e0%a4%95%e0%a4%be-%e0%a4%9a%e0%a5%8b%e0%a4%aa%e0%a4%a1%e0%a4%beसोसल मिडियाका कारण अचेल कसैले पनि आफ्नो मन पर्ने सेलिब्रेटीलाई सीधै प्रश्न सोध्न सक्ने अवस्था बनेको छ । कतिपय सेलिब्रेटीले फ्यानलाई जवाफ दिने गरेको पनि देखिन्छ । यसमै बलिउड अभिनेत्री टिस्का चोपडा परेकी छिन् । उनलाई राहुल इमरान नामका एकजना फ्यानले ट्विटरमार्फत सीधै विहेको प्रस्ताव राखे ।
राहुलले टिस्कालाई विल यु म्यारी मी रु भनेर सोधे । टिस्काको के मुड चल्यो कुन्नी रु उनले पनि जवाफ फर्काइन् । उनको जवाफ यस्तो छ– म यही कुराको प्रतीक्षामा थिएँ । यहाँलाई धन्यवाद । म तपार्इंसँग बिहे गर्न तयार छु । तपार्इं आफ्नो बारेमा जानकारी दिनुहोस् । मेरो श्रीमान् जान्न चाहन्छन् कि मैले उनलाई के कारणले छाड्दै छु ।
टिस्काको जवाफ पढेपछि फ्यान राहुलको हालत के भयो होला, अन्दाज मात्र गर्ने कुरा हो । ‘तारे जमिन पर’, ‘दिल तो बच्चा है जी’, ‘एबिसिडी २’लगायतका फिल्ममा अभिनय गरेकी टिस्का विवाहित मात्र नभई एक छोरीकी माता पनि हुन् । उनका पति एअर इन्डियाका पाइलट हुन् । लेखिकाका रूपमा पनि चिनिने टिस्काले बिहेपछि अभिनयलाई स्थगित गरेकी छिन् । (एजेन्सी

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख १३, २०८१