बाल अपांग टेवा संस्थालाई शेर्पा संघ इजरायलको आर्थिक सहयोग

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३ कार्तिक २०७३, बुधबार ०८:१२

काठमाडौं, ३ कार्तिक । शेर्पा संघ इजरायलले अपाङ्ग बालबालिकाहरुको हितमा कार्य गरिरहेको काठमाडौं कपन स्थित बाल अपांग टेवा संस्थालाई सहयोग स्वरुप नगद रु. एक लाख ७५ हजार प्रदान गरेको छ । %e0%a4%b6%e0%a5%87%e0%a4%b0%e0%a5%8d%e0%a4%aa%e0%a4%be
शेर्पा संघ इजरायलका महासचिव सुश्री आङ माया शेर्पाको विशेष पहलमा संकलन गरिएको सो आर्थिक सहयोग नेपाल बौद्ध महासंघका कार्यालय प्रमुख आचार्य सार्की शेर्पामार्फत संस्थाका संस्थापक अध्यक्ष देण्डी शेर्पालाई हस्तान्तरण गरिएको हो ।
बाल अपांग टेवा संस्था दूर्गम भेगका अपाङ्ग बालबालिकाहरुको सम्रग हितको लागि स्थापित संस्था भएको र हाल १८ जना अपाङ्ग बालबालिकाहरु संस्थाको निगरानीमा रहेको अध्यक्ष शेर्पाले बताए । उनकाअनुसार  ती अपाङ्ग बालबालिकाहरुलाई गाँस, बास र कपासको व्यवस्था गरी अध्ययनको लागि विभिन्न विद्यालयहरुमा पठाइन्छ । संस्थाले आफ्नै पहलमा सिलाई बुनाईको उद्योग स्थापना गरी त्यसवापत आएको आम्दानीले ति बालबालिकाहरुको हितमा खर्च गरिने अध्यक्ष शेर्पाले बताए ।
शेर्पा संघ इजरायलले भूकम्प पडित, अनाथ  तथा असहाय बालबालिका लगायत शेर्पा भाषा, धर्म, संस्कृति संरक्षण तथा विकासको क्षेत्रमा विभिन्न संघ संस्थाहरुसँग सहकार्य गरी आर्थिक सहयोग गरिएको संघका महासचिवले बताए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख ७, २०८१