विद्यालयको लाखौँ रकम दुरुपयोग गरी अनियमितता गर्ने प्रधानाध्यापक र अध्यक्ष फन्दामा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३ कार्तिक २०७३, बुधबार ०७:४७

काठमाडौँ । विद्यालयका नाममा निकासा भएको लाखौँ रकम दुरुपयोग गरी अनियमितता गर्ने प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समिति अध्यक्षविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आरोपपत्र दायर गरेको छ ।school
आयोगले सर्लाहीको रामजानकी प्राथमिक विद्यालयका प्रधानाध्यापक आशुतोषकुमार यादव र अध्यक्ष सन्जयकुमार यादवको प्रत्यक्ष संलग्नतामा विद्यालयका नाममा निकासा भएको रकम रु तीन लाख ८३ हजार २०० अनियमितता भएको ठहर गरेको छ ।

कुनै हिसाबकिताब नराखी जथाभावी रुपमा खर्च गरी गराई हिनामिना गरी सरकारलाई हानी–नोक्सानी पु¥याएको भन्दै आयोगले आज निज दुवैजनाविरुद्ध बिगोवमोजिम मागदाबीका साथ विशेष अदालतमा आरोपपत्र दायर गरेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख ८, २०८१