लहराहरुले घर सिङ्गार्दै हुनुहुन्छ ? होशियार !

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३ कार्तिक २०७३, बुधबार ०७:१८

%e0%a4%b2%e0%a4%b9%e0%a4%b0%e0%a4%be%e0%a4%b9%e0%a4%b0%e0%a5%81%e0%a4%b2%e0%a5%87-%e0%a4%98%e0%a4%b0-%e0%a4%b8%e0%a4%bf%e0%a4%99%e0%a5%8d%e0%a4%97%e0%a4%be%e0%a4%b0%e0%a5%8d%e0%a4%a6%e0%a5%88प्राय जसो हामी घर सजाउनको लागी घरको भित्तामा मनि प्लान्ट ९ःयलभथ एबिलत० वा अन्य लहरे फुल जस्ता विरुवाहरु राख्ने गर्दछौ । तर वास्तु शास्त्र अनुसार यसो गर्दा मानिसहरुका शत्रुहरु बढ्ने गर्दछन् । त्यसैले यदी तपाइँ पनि यस्तै फूलहरु वा लहराहरुले आफ्नो घर सिङ्गार्दै हुनुहुन्छ भने होशियार, तपाईले ठूलो गल्ति गर्दै हुनुहुन्छ ।
वास्तु शास्त्रका अनुसार घरको भित्तामा यस्ता लहराहरू भएका बोट विरुवा लगाउनु अशुभ मानिन्छ । यसो गर्दा तपाईका शत्रुहरु बलवान हुन्छन् र तपाईलाई नोक्सान पुर्याउन सक्छन् । यस्ता लहराहरू घरभित्र मात्र नभई घरको ढोकामा लगाउनु समेत वास्तु शास्त्रका अनुसार अशुभ मानिन्छन् ।
हाम्रो हिन्दु धर्म वा पुराण अनुसार, मत्स्य पुराणमा वास्तु शास्त्रको प्रभाब उल्लेख गरिएको छ । यस पुराण अनुसार लहरा भएका बोट(विरुवाहरुबाट शुक्र ग्रहमा प्रभ पर्ने गर्दछ । त्यसैले घरको दक्षिण भाग वा खाली भागमा मात्र यस्ता विरुवाहरु लगाउनु पर्दछ । त्यसैले रुखको सहाराले माथि जाने खालका यस्ता विरुवाहरु लगाउदा सधै ध्यान दिनु अनिवार्य हुन्छ । यस्ता विरुवाहरुलाई घर भित्र पस्न दिनु हुदैन ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख ८, २०८१