कृषि बिकास बैंकले ५० प्रतिशत अर्थात २ बराबर १ अनुपातमा हकप्रद शेयर जारी गर्दै

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३ कार्तिक २०७३, बुधबार ०७:०३

काठमाडौँ ,३ कार्तिक । कृषि बिकास बैंकले ५० प्रतिशत अर्थात २ बराबर १ अनुपातमा हकप्रद शेयर जारी गर्ने भएको छ । बैंकले सर्बसाधारण सेयरधनीको लागि १ करोड ९६ लाख ८८ हजार कित्ता हकप्रद सेयर बिक्री गर्न लागकेो हो । हकप्रदमा कात्तिक ३ गतेदेखि मंसिर ७ गतेसम्म आवेदन गर्न सकिने बैंकले जनाएको छ । बैंकको शेयरमा असोज ९ गतेसम्म शेयर स्वामित्व रहेका र लगानी गरेकाहरुले आवेदन दिन पाउने छन् ।

कृषि बिकास बैंकको बिभिन्न कार्यालयसहित एस क्यापिटल, एस डेभलपमेन्ट बैंकका कार्यालय र सिबिआईएल क्यापिटल लिमिटेडबाट बैंकको शेयरमा आवेदन दिन सकिनेछ ।

बैंकले अघिल्लो आर्थिक वर्षमा १५ प्रतिशत बोनस बितरण गरी ३ अर्ब ४२ करोड ४० लाख रुपैयाँ चक्तापूँजीलाई ३ अर्ब ९३ करोड ७६ लाख रुपैयाँ पुर्याएर त्यसको ५० प्रतिशत हकप्रद निष्काशन गर्न लागेको हो । ५० प्रतिशत हकप्रद जारी गरेपछि बैंकको चुक्ता पूँजी ५ अर्ब ९० करोड ६४ लाख रुपैयाँ पुग्नेछ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख १३, २०८१