अनुहार सुन्दर र छाला चम्किलो बनाउनको लागि ल्वाङको तेल प्रयोग गर्ने तरिका जानिराखौँ

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२ कार्तिक २०७३, मंगलवार १४:३८

 ल्वाङको प्रयोग स्वादिलो पाकवान तयार गर्नको लागि गरिन्छ । यसको अलवा यो एक औषधि पनि हो । दाँतको दुखाई कम गर्न, खोकी लाग्दा ल्वाङको प्रयोग हुन्छ ।%e0%a4%b2%e0%a5%81%e0%a4%b5%e0%a4%82%e0%a4%97

ल्वाङमा व्याक्टेरिया नाश गर्ने गुण पाईन्छ त्यसैले पनि यसलाई औषधिको रुपमा प्रयोग गरिएको हो । अब यसको प्रयोग यतिमा मात्र सिमित छैन । ल्वाङको प्रयोग छालाको हेरचाह गर्न पनि गरिन्छ किनकी यो एक उपयुक्त सौन्दर्य सामग्री पनि हो । यसको नियमित प्रयोगले त्वचासँग सम्बन्धि समस्याहरु समाधान गर्न सकिन्छ । आज हामी ल्वाङको तेलको प्रयोगबाट हुने फाइदाको बारेमा जानकारी दिन्छौँ ।

१. ल्वाङको तेलमा एन्टी ब्याक्टेरियल गुण पाईन्छ । यसलाई शरीरमा आउने मुसा फैलिनबाट रोक्नको लागि प्रयोग गर्न सकिन्छ । ल्वाङको तेलले नियमित मसाज गर्नाले मुसा, डण्डीफोरको कालो दाग हटेर जान्छ ।

२. ल्वाङको तेलको प्रयोग चाउरीपन हटाउनको लागि पनि गरिन्छ । हरेक दिन सुत्नु अघि ल्वाङको तेलले मसाज गर्नाले  चाउरीपन हटेर जान्छ भने त्वचाको छालालाई कसिलो बनाउँछ ।

३. ल्वाङको तेल कपालको लागि पनि निकै फाइदाजनक हुन्छ । यसको प्रयोगले कपाल छिटै फुल्ने समस्या आउँदैन, तर ल्वाङको तेलमात्र कपालमा लगाउनु खतरनाक हुन्छ । त्यसैले ल्वाङको तेललाई नरिवलको तेलसँग मिसाएर मसाज गर्नुपर्दछ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख ७, २०८१