पर्वतीय पर्यटनका लागि विश्वमा नै आफ्नो विशिष्ट पहिचान बनाउन सफल अन्नपूर्ण सेरोफेरो क्षेत्र

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२ कार्तिक २०७३, मंगलवार ०७:२१

पर्वतीय पर्यटनका लागि विश्वमा नै आफ्नो विशिष्ट पहिचान बनाउन सफल अन्नपूर्ण सेरोफेरो क्षेत्र पदयात्राका लागि विशिष्ट गन्तव्य बन्दै गएको छ । lamjung

नेपालका विभिन्न पदमार्गमध्येमा आकर्षक एवम् सबैभन्दा फराकिलो संरक्षित क्षेत्र रहेका कारण मनमोहक दृश्य हेर्ने र पदयात्रा गर्ने लालसा बोकेर यस क्षेत्रमा पर्यटक आउने गरेका छन् । अघिल्लो वर्ष भूकम्प र नाकाबन्दीका कारण पदयात्रामा आउने पर्यटकको सङ्ख्या घटे पनि यस वर्ष पदयात्रामा आउने पर्यटकको सङ्ख्या बढ्दै गएको छ ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाका पर्यटन अधिकृत रेश्मी आचार्यका अनुसार २०१६ को अगस्तमा मात्रै चार हजार तीन सय १० जना विदेशी पर्यटकले अन्नपूर्ण क्षेत्रमा पदयात्रा गरिसकेका छन् । “अघिल्लो वर्षको तुलनामा यस वर्ष पदयात्राका लागि आउने पर्यटकको सङ्ख्यामा उत्साहजनक वृद्धि भएको छ,” उनले भनिन्, “यस वर्षको अगस्तसम्म ४५ हजार एक सय ९१ जना पर्यटकले अन्नपूर्ण क्षेत्रमा पदयात्रा गरिसकेका छन् ।” अन्नपूर्ण सेरोफेरोमा पदयात्राका लागि विशेषगरी अगस्त, सेप्टेम्बर, अक्टोबर र नोभेम्बरका साथै मार्च र अप्रिलमा ठूलो सङ्ख्यामा पर्यटक आउने गरेका छन् ।  पर्याप्त सम्भावना बोकेका अन्नपूर्ण सेरोफेरो लगायतका क्षेत्रको पदयात्रा पर्यटनलाई बचाउन सरकारले दीर्घकालीन सोचका साथ तत्काल पहल थाल्नुपर्ने आवश्यकता टड्कारो देखिएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख १५, २०८१