यसरी पठाउनुहोस् फेसबुक म्यासेन्जरमा ‘सिक्रेट’ म्यासेज

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२ कार्तिक २०७३, मंगलवार ०७:१७

फेसबुक म्यासेन्जरमा अब सुरक्षित म्यासेज पठाउन सकिने भएको छ। म्यासेन्जरमा यस्तो म्यासेज अरुले पढ्न नपाऊन् भनेर केही बेरमा आफैं डिलीट हुने सुविधा आएको हो।fb

यसका लागि च्याट गर्ने दुवै प्रयोगकर्ताले म्यासेन्जरको पछिल्लो संस्करण चलाउनुपर्नेछ। यसमा म्यासेज पठाउने तरिका भने अलि फरक छ।

सबैभन्दा पहिले म्यासेन्जर एप लन्च गर्ने र ‘कम्पोज’ बटनमा क्लीक गर्ने। त्यहाँ नयाँ म्यासेजको स्क्रिन आउँछ र त्यसको दायाँ तर्फ माथि ‘सिक्रेट’ लेखिएको हुन्छ।

पहिलो पटक ‘सिक्रेट’ म्यासेज पठाउनेलाई म्यासेन्जरले उक्त म्यासेज अर्को डिभाइसमा इन्क्रिप्टेड भएर गएको बताउनेछ। त्यहाँ ‘ओके’ मा क्लीक गर्ने। जसलाई म्यासेज पठाउने हो, आफ्नो फोनबुकबाट उसको नाम छान्ने। पाउने व्यक्तिको डिभाइसमा म्यासेन्जरको पछिल्लो संस्करण नभए उसले त्यो म्यासेज पढ्न सक्दैन।

सिक्रेट म्यासेजका लागि म्यासेन्जरमा देखिने एक टाइमर बटनमा क्लीक गर्नुपर्छ। त्यसमा कति समयपछि उक्त म्यासेज डिलीट हुनपर्ने हो भन्ने सेट गर्ने। यस्तो म्यासेज १० सेकेण्डदेखि २४ घण्टासम्मका लागि हुनेछन्। यो म्यासेज पठाउँदा यसको च्याटसँग जोडिएका अन्य म्यासेज पनि सोही समयमा हट्नेछन्।

यस्तो म्यासेज आउँदा कसले पठाएको भन्ने पनि स्क्रिनमा देखाउँदैन। स्क्रिनमा ‘कसैले तपाइँलाई म्यासेज पठाएको छ’ भन्ने जानकारी मात्र आउँछ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, बैशाख ११, २०८१