स्व. प्रदिपकुमार राई स्मृती फुटबल प्रतियोगिताको दोश्रो दिनको खेल सम्पन्न

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२ कार्तिक २०७३, मंगलवार ०६:३६

kheladiइलाम  । इलामको दानावारीमा जारी स्व प्रदिपकुमार राई स्मृती खुल्ला नकाउट फुटबल प्रतियोगिता अन्र्तगत दोश्रो दिनको खेल सम्पन्न भएको छ ।  पहिलो खेलमा खेलमा नमुना युवा समुह दानावारी–३ शुक्रवारेले इलाम–७ लाई २–० गोल अन्तरले पराजित गरेको छ । नमुनाका लागी शम्भु मगर एक्लैले २ गोल गरे । त्यसैगरी दोश्रो खेलमा वि.वि.एस.सी झापाले सि.वाइ.सी खुदुनावारीमाथी २–० गोल अन्तरको जित निकाल्यो । वि.वि.एस.सीका लागी अजय चौधरीले दुवै गोल गरे । त्यस्तै अन्तिम खेलमा लोदिया स्पोटिङ दानावारी–५ ले परिवेश युवा समुह लक्ष्मीपुर–५ थाक्लेमाथी समान २–० को जित निकाल्यो । लोदियाका लागी विशाल श्रेष्ठ र सन्दिप कट्बालले गोल गरे । भोली हुने पहिलो खेलमा नेपाल एकाडेमी दानावारी र टाङटिङ्ग भ्याली झापा, दोश्रो खेलमा खुदुनावारी–६ र दानावारी–३ सिजालीटार , तेश्रो खेलमा मगर संघ महमाई र सोक्तिम भ्याली चिसापानी विच प्रतिस्पर्धा हुने आयोजक समितीका सदस्य दिपेश राईले जानकारी दिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख १२, २०८१