कर्णालीका जुम्ला र कालिकोट स्याउ उत्पादनका लागि उर्भर क्षेत्र

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१ कार्तिक २०७३, सोमबार १२:०५

%e0%a4%b8%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%89कर्णालीका जुम्ला र कालिकोट स्याउ उत्पादनका लागि उर्भर क्षेत्र हो । कृषिमा धेरै सम्भावना बोकेको जुम्लामा सीप र ज्ञानलाइ परिचालन गर्न सके स्थानीयको जीवनमा परिवर्तन आउँने प्रशस्त उदाहरण छन् । परम्परागत खाद्य संकट व्यहोर्दै आएका स्थानीय सुर्खेत जुम्ला सडक खुलेपछि स्याउ खेतीमा आकर्षित भएका छन् ।

जुम्लाको आर्गानिक स्याउले राम्रो मूल्य पाएपछि कृषकको अनुहारमा चमक आएको छ । यतिबेला स्याउको सिजन भएकोले व्यापारीहरु घर–घरमै आएर स्याउ किन्न थालेका छन् । अघिल्लो वर्षको तुलनामा यस वर्ष आम्दानी बढी हुने किसानहरुको अपेक्षा छ ।

निर्वाहामुखि कोदो, मकै, जस्ता परम्परागत खेतीमा सीमित रहेका यहाँका कृषकहरु आयोजनाको सहयोगपछि व्यवसायिक स्याउ उत्पादनमा लागेका हुन् । यसबाट उनीहरुको जीवनशैलीमा समेत सकरात्मक परिवर्तन आएको छ । अझ आधुनिक शीत भण्डार, ग्रेडिङ मेशीन, सडकको स्त्तरोन्नती,आईएसओ मार्क, कार्टुन प्याकिङ्ग तथा लेवलिङ्गमा सरोकारवाला निकायले समयमा नै ध्यान दिन सके आयआर्जनमा थप बृद्धि हुने कृषकहरुको आशा छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख १३, २०८१