सेक्स गर्दा गर्न नहुने आठ कुरा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१ कार्तिक २०७३, सोमबार ११:५७

सेक्स प्राकृतिक पक्ष हो र यो अपरिहार्य छ । एक अर्कामा समन्वय, समझदारी र सौहार्दपूर्ण वातावरणमा गरिएको सेक्सले मानिसको जीवनमा सकारात्मक असर पुर्याउँदछ ।ex-partnar

पार्टनरको भावना बुझेर र तरिका मिलाएर गरिएको सेक्सले बढि आनन्द दिने गर्दछ तर, सही समय नआई चालिएको कदमले पुरै ‘सेक्स मुड’ नै बिगार्न सक्दछ । ‘सेक्स मुड’ नबिग्रियोस् भन्ने चाहनुहुन्छ, भने यी कुराहरु नगर्नुहोस्ः

. किस नगर्नेः
पत्याउनुस् या नपत्याउनुस्, धेरै मानिसहरु प्रायः महिलाले सेक्स गरिरहेको बेला आफ्नो पार्टनरलाई किस गर्दैनन् । सेक्स गर्दा किस गर्न नमिलेर हुनसक्छ अथवा उनीहरुलाई क्लाइमेक्स पुग्न हतार भएर पनि किस नगरिरहेका हुनसक्छन् । तर, सेक्स गर्दा किस गर्नुलाई उपयुक्त मानिन्छ किनभने यसले एकअर्कामा मायाको भावना ल्याउने गर्दछ ।

. आफ्नो पार्टनर तयार हुनुपूर्व टोक्नुः
धेरै मानिसहरुले सेक्सको मामलामा आफ्नो पार्टनर वाइल्ड नै मनपराउँछन् तर, आफ्नो पार्टनर सेक्सका लागि तयार हुनुपूर्व नै शरीरको कुनै पनि भागमा टोक्नुभयो भने दुखाई र असजिलोपनले गर्दा पूरै ‘सेक्स मुड’ अफ हुनसक्छ त्यसकारण आफ्नो पार्टनर पूरै उत्तेजित भएपछि मात्र उनको कान, कुम, घाँटी र शरीरको अरु भागमा टोक्ने गर्दा राम्रो हुन्छ ।

३. आनन्द दिने शरीरका भाग बिर्सनुः
यौनाङ्ग चलाउँदा यौनसन्तुष्टि प्राप्त हुने कुरा सबैलाई थाहा छ । तर यसको अलावा आफ्नो पार्टनरको शरीरका अरु भागलाई पनि ध्यान दिनुहोस् । घुँडा, नाडी, पिठ्युँ र पेट महिला र पुरुषहरुका लागि बढी संबेदनशील हुने भएका कारण यी भागहरुलाई सुम्सुम्याउने गरेमा बढि यौनसन्तुष्टि प्राप्त हुन्छ ।

४. आफ्नो तौल पार्टनरमा थुपर्नुः
यदि तपाईं महिला हुनुहुन्छ भने पनि आफूलाई आफ्नो पार्टनरलाई सुम्पनु राम्रो कुरा हो तर यदि तपाईं आफ्नो पार्टनरको माथि बसिरहनुभएको छ भने सास फेर्न नसक्ने गरेर आफ्नो तौल उनीहरुमाथि नथुपार्नुहोस् यसले ‘सेक्स मुड’ बिगार्ने सम्भावना निकै हुन्छ ।

५. चरमोत्कर्ष निकै चाँडै र ढिलोः
यो बुँदा पुरुषहरुका लागि उपयुक्त हुन्छ । पुरुषहरुले सही समयमा चरमोत्कर्षमा पुग्नको लागि आफ्नो मांसपेशीलाई कन्ट्रोल गर्नसक्न पर्छ । यदि चरमोत्कर्षमा छिट्टै पुग्नुभयो भने तपाईंले आफ्नो पार्टनरलाई आनन्द दिन सक्नुहुन्न र यदि धेरै ढिला गर्नुभयो भने पनि बोर मानेर गर्नुहुनेछ । यस्तो समस्या हटाउनको लागि फोरप्लेमा धेरै समय बिताउनुहोस् ।

६. चरमोत्कर्षमा पुग्ने बेलामा नभन्नुः
दुबै महिला या पुरुष आफू चरमोत्कर्षमा पुग्नुपूर्व आफ्नो पार्टनरलाई बताउने गर्नुहोस् । यो कुरा पार्टनरले जान्न जरुरी छ ।

७. सेक्सलाई पोर्नको रुपमा हेर्नुः
कोहि मानिसहरु वाइल्ड सेक्सप्रति आकर्षित हुन्छन् । यस्तो सेक्स रुचाउनुहुन्छ, भने आफ्नो पार्टनरसँग कुरा गरेर मात्र वाइल्ड सेक्समा सरिक हुनुहोस् ।

८. चुपलागेर बस्ने गर्नुः
यदि तपाईंको पार्टनरले राम्रो महसुस गरिरहेको छ, भने सेक्स गर्दा आफूलाई जान्न मन लागेको कुनै कुरा  छ भने र केही मनपर्यो भने पार्टनरलाई बताउने गर्नुहोस् । यसले तपाईंको पार्टनरलाई आफूले के गर्दा राम्रो हुन्छ भन्ने कुरा थाहा हुन्छ र प्रोत्साहन पनि दिन्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख ८, २०८१