स्व कलाकार प्रदिपकुमार राईको स्मृती फुटबल प्रतियोगिता हुने

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३० आश्विन २०७३, आईतवार ०७:११

इलाम । इलामको दक्षिणी गाविस दानावारीमा स्व प्रदिपकुमार राई स्मृती खुल्ला नकाउट फुटबल प्रतियोगिता हुने भएको छ । गत जेठ २० गते मलेसियामा असमायिक निधन भएका कलाकार प्रदिपकुमार राई ( रुपेश) को स्मृतीमा वेलकम व्याक युथ क्लब दानावारी–३ गंगटेले प्रतियोगिताको आयोजना गरेको हो । दिपज्योती प्रा.विको खेलमैदानमा हुने प्रतियोगितामा इलाम र झापाका टिमहरुको सहभागिता रहने आयोजक समितीका दिपेश राईले जानकारी दिए । ३० गतेबाट सुरु हुने प्रतियोगिताको विजेताले नगद ३० हजार ५ , शिल्ड, मेडल, प्रमाणपत्र, उपविजेताले नगद २० हजार ५ शिल्ड मेडल र प्रमाणपत्र, तृतिय हुनेले नगद १० हजार ५ शिल्ड मेडल र प्रमाणपत्र तथा सर्वोत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्तालाई नगद १ हजार ५, शिल्ड प्रदान गरिने आयोजक समितीले जानकारी दिएको छ

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१