सहवास गर्न अस्विकार गर्ने पुरुषलाई कडा कारवाही

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३० आश्विन २०७३, आईतवार ०६:५९

विश्वमा यस्ता केही ठाउँहरु छन् जहाँ महिलाहरुको वर्चस्व रहेको छ । यी महिलाहरु पुरुषमाथि निर्भर हुँदैनन् । इण्डोनेसियामा पनि एउटा यस्तो आदिवासी समुदाय छ जसमा मातृसत्तात्मक व्यवस्था छ । त्यहाँ महिलाहरुलाई पूर्ण स्वतन्त्रता रहेको रहेको छ । महिलाहरु एकसाथ खुलेआम धेरै पुरुषसँग यौन सम्बन्ध कायम गर्न सक्दछन् ।mahila

महिलाहरु आफुले चाहेको पुरुषलाई सम्भोगका लागि अफर गर्छन् । जुन पुरुषले महिलाको अफर अस्विकार गर्दछन् त्यस्तो पुरुषलाई महिलाहरु यस्तो कारवाही गर्छन् जसको कल्पना सम्म पनि गर्न सकिँदैन ।

इण्डोनेसियाको पपुवा प्रान्तमा बस्ने ट्रोबियान्ड आदिवासीमा महिलाहरुलाई विशेष अधिकार छ । यो समुदायका महिलाहरु आफ्नो मन परेको पुरुषसँग हरेक प्रकारको सम्बन्ध बनाउन स्वतन्त्र हुन्छन् । महिलाहरुले सेक्सका लागि प्रस्ताव गर्ने पुरुष ती महिलासँग सेक्स गर्न बाध्य हुनुपर्छ ।

यदि कोही पुरुषले महिलाको यौन आकांक्षा पूरा गर्न अनिक्षा प्रकट गर्यो वा अफर अस्विकार गर्यो भने उसले निकै बेइज्जतीपूर्वक सजायँ भोग्नुपर्छ । महिलासँग यौनसम्पर्क कायम गर्न अस्विकार गर्ने पुरुषमाथि महिलाहरुले पिसाब फेरिदिन्छन् । महिलाहरुलाई आफ्नो प्रस्ताव अस्विकार गर्ने पुरुषमाथि पिसाब फेरिदिएर कारवाही गर्ने स्वतन्त्रता छ ।

उक्त आदिवासी समुदायमा हरेक वर्ष याम नामक पर्व मनाइन्छ । त्यस क्रममा महिलाहरु झाडीमा लुकेर पुरुषहरुसँग यौन सम्पर्क कायम गर्नका लागि रिझाउँछन् । अनि उक्त पर्वमा मात्रै पुरुषलाई सेक्सका लागि महिला छान्ने अधिकार हुन्छ ।

उक्त पर्वको बेला पुरुषहरु झाडीकै आसपास घुम्दछन् । त्यसक्रममा झाडीमा लुकेका महिलामध्ये जो मन पर्छ उनैसँग सम्भोगका लागि झाडिभित्र छिर्न पाउँछन् । मन नपरेको महिलासँग सेक्स गर्नुपर्ने बाध्यता त्यस एक दिन भने पुरुषहरुलाई हुँदैन ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, बैशाख ४, २०८१