यसो गर्नुस अग्ली देखिन

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२९ आश्विन २०७३, शनिबार ०७:३५

%e0%a4%85%e0%a4%97%e0%a5%8d%e0%a4%b2%e0%a5%8b-%e0%a4%b6%e0%a4%b0%e0%a5%80%e0%a4%b0-%e0%a4%b0-%e0%a4%b8%e0%a5%8d%e0%a4%b2%e0%a4%bf%e0%a4%ae-%e0%a4%ab%e0%a4%bf%e0%a4%97%e0%a4%b0-%e0%a4%b8%e0%a5%81अग्लो शरीर र स्लिम फिगर सुन्दरताको प्रतीक मानिन्छ तर के होचो शरीर भएकाहरूलाई सुन्दर कहलिने अधिकार छैन ? अंग्रेजीमा भनाइ छ-‘स्माल इज ब्युटिफुल।’ यो भनाइबाट होचो शरीर भएकाहरूलाई केही राहत प्राप्त होला। जब आफ्नो रहन-सहन राम्रो हुन्छ तब आफ्नो आत्मविश्वास पनि बढेको अनुभूति हुन्छ। त्यसैले बदलिँदो ट्रेन्डमा विचार पुर्‍याउनुपर्छ। होचो शरीर भएकाहरूले अग्लो देखिन केही कुरामा विचार पुर्‍याउनु आवश्यक छ।
– मनोक्रोम्याटिक ड्रेसिङमा ध्यान दिनुपर्छ। साडी होस् वा ब्लाउज, सलवार-कमिज होस् वा स्कर्ट र टप एउटै रंगको हुनुपर्छ अर्थात् ती दुवै एउटै रंग र सेडका हुन् भन्ने कुरामा ध्यान पुर्‍याउनुपर्छ। यसो गर्दा ह्वाइट इन्हान्स अर्थात् शरीर अग्लो भएको प्रतीत हुन्छ। जुत्ता र पर्सको रंग पनि पहिरनसित म्याच गर्ने खालको हुनुपर्छ।

– प्रिन्टेड कपडामा रुचि भए साना प्रिन्ट भएका कपडा लगाउनुपर्छ।

– कपडा कोमल र शरीरमा टाँसिने हुनुपर्छ अर्थात् ओरगेन्डीजस्तो फुल्ने नहोस्। शरीरमा फिट हुने कपडा जस्तै सिफन, जर्जेट आदिबाट शरीर सुडौल देखिन्छ र अग्लो पनि।

– चौडा बोर्डरयुक्त साडी, कमिज वा कुर्ता लगाउनु हुँदैन। मोटो तेर्सो रेखायुक्त पहिरन लगाउनु हुँदैन। पातलो रेखायुक्त पहिरन लगाउनु उपयुक्त हुन्छ।

– सही फिटिङयुक्त पहिरन लगाउनुपर्छ, जसबाट कम्मर, नितम्ब, वक्ष र खुट्टामा सही ढंगले सुडौलताको अनुभूति होस्।

– कपडाको नेकलाइनबाट छरितो देखिन सकियोस् भन्ने कुरामा ध्यान पुर्‍याउनुपर्छ। त्यसका लागि हाइनेक वा एयर होस्टेस ब्लाउज नेक ठीक नहुनसक्छ।

– साडी कम्मर वा नाभिभन्दा मुनि बाँध्नु हुँदैन। त्यसो गर्दा शरीरको माथिपट्टकिो भाग अग्लो देखिन्छ र मुनिको भाग छोटो देखिन्छ अनि आफू होची नै देखिइन्छ।

– बाहिर जाँदा सधैं हाई हिल सुज नै लगाउनुपर्छ। सोहीअनुरूप चप्पल र स्यान्डल लगाउनुपर्छ। अहिले बजारमा सुविधाजनक एवं आरामदायक जुत्ता पनि उपलब्ध छन्।

– होचो शरीर भएका युवतीले ब्याक कोम्बिङ गरी केशलाई थोरै उचाइ दिएर केश सज्जा गर्नुपर्छ। जुरो नबनाई टप बाँधे शरीर अग्लो देखिन्छ।

– शरीरलाई छरितो र सुडौल राख्ने प्रयास गर्नुपर्छ। मोटोपन होचाहरूको शत्रु हो।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख १२, २०८१