नेपाल थाइल्याण्डसँग एक विकेटले पराजित हुुँदै प्रतियोगिताबाट बाहिरियो

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२९ आश्विन २०७३, शनिबार ०७:२०

khel-%e0%a4%a5%e0%a5%88%e0%a4%b2%e0%a4%82%e0%a4%a6%e0%a4%be-%e0%a4%a4%e0%a5%8b-%e0%a4%a8%e0%a5%87%e0%a4%aa%e0%a4%be%e0%a4%b2आइसिसी महिला विश्वकप क्रिकेट एसियाली छनोटअन्र्गत  भएको खेलमा नेपाल थाइल्याण्डसँग एक विकेटले पराजित हुुँदै प्रतियोगिताबाट बाहिरिएको छ ।
एक खेलअगावै नेपालको सन् २०१७ मा हुुने ग्लोबल छनोट खेल खेल्ने सपना समाप्त भएको हो । चार टोलीले भाग लिएको उक्त छनोटमा शीर्ष स्थान हासिल गर्ने एक टोलीले ग्लोबल छनोटमा सहभागिता जनाउन पाउनेछन् । त्यस्तै ग्लोबल छनोटमा १० टोलीमध्ये शीर्ष चारभित्र पर्ने टोलीले इङ्ल्यान्डमा हुने महिला विश्वकप खेल्न पाउनेछन् ।
हङकङ क्रिकेट क्लबमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै १०८ रनको योगफल तयार ग¥यो । जवाफी ब्याटिङमा उत्रेको थाइल्यान्डले १८ दशमलव चार ओभरमा नौ विकेट गुमाउँदै लक्ष्य पूरा ग¥यो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१