नेपालमै भूउपग्रह बनाउन प्रयास गरिने : सञ्चारमन्त्री कार्की

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२९ आश्विन २०७३, शनिबार ०७:०२

काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्की दक्षिण कोरियास्थित सोलमा भएको सूचना प्रविधिसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिइ  स्वदेश फर्कनुभएको छ ।
सम्मेलन यही असोज २४ गतेदेखि २८ गतेसम्म भएको थियो ।
मन्त्री कार्कीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा नेपालले सूचना प्रविधिको विकासमा प्रयास गरिरहेको बताउनुभयो ।

देशका धेरै स्थानमा सूचना प्रविधिको पहुँच पु¥याउन सफल भए पनि गुणस्तर सुधार हुन नसकेको हुँदा त्यसको सुधार गर्नुपर्ने उहाँले बताउनुभयो ।

मन्त्री कार्कीले नेपालमा भूउपग्रह (सेटेलाइट)  नभएका कारण धेरै पैसा विदेशमा पठाउनु परेको उल्लेख गर्र्र्दै नेपालमै भूउपग्रह बनाउन प्रयास गरिरहेको जानकारी दिनुभयो ।

दक्षिण कोरियाले छोटो समयमा नै प्राकृतिक स्रोत र साधनको प्रयोग गरी सूचना प्रविधिका राम्रो विकास गरेको र डिजिटल कोरिया बनाउन सफल भएको हुँदा त्यसबाट नेपालले पनि सिक्नुपर्नेमा मन्त्री कार्कीको जोड थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख ६, २०८१