दशै क्षेत्री बाहुन र हिन्दु धर्मावलम्बीहरूको मात्र हो भन्नु गलत

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२७ आश्विन २०७३, बिहीबार १०:३५

%e0%a4%95%e0%a4%b0%e0%a5%8d%e0%a4%a3कर्ण अधिकारी मकाउ,चीन। दशै पनि सकिनै लागेको छ यस दशैको सेरोफेरोमा थुप्रै किसिमका बहसहरू भेटिए देखिए सामाजिक संजालहरूमा यति सम्म देखियो की दशैलाई बहिष्कार गरौ।यो देश कसको? मंगोलको र क्षेत्री बाहुन कसको? बिदेशको भन्ने नारा लगाएका भिडियोहरू सामाजिक संजालमा पाईयो।यस्ता किसिमका कुराहरू संचार माध्यमबाट आउँदा चुप लागेर बस्न सकिन र कलम चलाउने जमर्को गरेको छु।यसरी भावनाहरू प्रष्फुटित गर्नका लागि कलमलाई नै रोजेको छु। जात जातिकै कुरा गर्नु हुन्छ भने म क्षेत्री हुँ मलाई जीवनमा कहिले पनि जातसंग घमण्ड भएन मेरो दृष्टिमा सबै जात जाति समान हुन।सबैको हक अधिकार समान नै छन र समान अधिकार पनि पाउनु पर्छ तर जो अहिले क्षेत्री बाहुन भन्दा तल्लो जात हुँ भन्ने माहाशयहरूबाट नै जातीयताको बिषयमा चर्का चर्का बिबादस्पद कुराहरू मिडियामा ओकल्दा भने मर्माहित भएको छु चाहे त्यो जनजातिका नामका आवाज उठाउने सभासद सांसद होस,चाहे त्यो जनजातिका नाममा आबाज उठाउने सर्ब साधरण नागरीक नै किन नहोस।तपाईहरूको भावनाले गर्दा नेपालमा जातीयताको बिषयमा गम्भीर स्थिति सृजना हुने पक्का पक्की नै छ।नेपालमा सदियौ देखि रमाउदै रम्दै आएका जात जातीहरूमा बिबाद ल्याई दिनका लागि मल जल गरी दिने को हो भन्ने कुरा तपाई हामी सामु घाम जस्तै छर्लङ्ग छ।ब्यक्तिगत स्वार्थका निमित्त धर्म र जातिलाई हतियार बनाएर राजनिति गर्नेको जमात अझै भनौ राजनितिका खोल ओढेका पार्टीहरूको नेपालमा कमी छैन।जन युद्धको नाममा त्यहि गरीब बस्तिका जनजातिहरूलाई बिभिन्न आश्वासन दिएर लडाईमा होमि दिएको घटना अझै पनि ताजा नै छ। नेपालका बर्तमान प्रधान मन्त्री कमरेड प्रचण्डले पनि यस पालीको दशै मनाएनन रे आखिर किन मनाएनन त प्रचण्डले दशै भन्ने बारे पनि बुझ्नु जरूरी छ।सुनेको थिए कम्युनिष्टको कुनै धर्म हुदैनन रे त्यहि भएर उहाँले दशै नमनाएका रे।भैसी पुजा गर्नु हुने प्रचण्ड आज सदियौ देखि नेपाली जनताले मिलि जुली मनाउदै आएको चाडलाई नै बहिष्कार गर्ने उहाँको हैसियत के?तपाई हामी सबैलाई थाहा छ नेपाल हिन्दुराष्ट्रबाट धर्म निरपेक्ष राष्ट्र भई सकेको छ यसो हुनाले सबैले सबै धर्म मान्न पाउछन भन्ने कुरा सहजै बुझ्न सक्छौ तर यसो भयो भन्दैमा परम्परालाई भुल्दै जानु त भएननी।रीति रीवाज धर्म संस्कृतिलाई त्याग्दै जाने हो भने अरू के नै बाँकी रहला र त्यसैले हामीले यस्ता कुराहरूलाई मनन गर्न जरूरी छ। दशै ९०% भन्दा बढि ॐ कार मान्ने जात जाति सबैले मनाउदै आएको पर्ब हो तर यहि पर्बलाई क्षेत्री बाहुनको मात्र हो भन्नु गलत भएन र ! दशै नेपालका प्राय सबै जात जातिले हर्ष उल्लासले मनाउदै आएको पर्ब हुनाले यसलाई त हामीले नै जगेर्ना गर्दै लानु पर्नेमा देशका बागडोर सम्हाल्नेहरूले डलरको खेतिबाट प्रभाबित भएर हिन्दु धर्मको बिरोध गर्दै दशैको अपेक्षा गर्नु भनेको हामी हामी बीच नै बैमनस्यताको वातावरण सृजित गरेको हो तसर्थ हामी जस्तो सोझा साझा नेपाली जनताहरूले मनन गर्न जरूरी छ।किन नेपालका सभासदहरू क्रिष्चियन धर्मको ओकालत गर्दै हिन्दु धर्मको उपेक्षा गर्दै छन?नेपाल स्थित अमेरीकी एमबिसीका राजदुतले दशै पर्व मनाउदै टिका टालो गरी दिए तर हाम्रा नेपालका भर्खरै उम्रिएका क्रिष्चियन भन्नेहरू चाहि रातो देखि नै डराउछन आखिर के छ रातोमा? हाम्रो रीति रीवाज संस्कृति बचाउने जिम्मेवारी तपाई हामी सबैको हो।जातीयताको नाम जोडेर बिरोध गर्नु राम्रो कुरा होईन।नेपालमा जातीयताले भन्दा पनि गरीवीका कारणले गर्दा जातीयताका बिषयमा बिबाद उठाएका मात्र हुन यदि सबैको जीवन स्तर राम्रो भयो भने यहाँ कोहि कसैबाट हेपिनु चेपिनु पर्ने अबस्था आउने छैन।त्यसैले नेपालका जन जातीका नामबाट आबाज उठाउनु हुने अग्रजहरू सहकर्मी मित्रहरूमा एउटै अनुरोध यो जातीयताको कुरा त्याग गरी समुनत नेपालको उत्थानका लागि अगाडी बढौ।देशलाई समृद्धिको मार्ग तर्फ उन्मुख गराउनका लागि साथ दिई अगाडी बढ्नु होस।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख ७, २०८१