तन्दुरुस्त रहन हँसिलो जीवनसाथी

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२७ आश्विन २०७३, बिहीबार ०७:२६

एजेन्सी । तपाईंले कहिल्यै सोच्नुभएको छ, जीवनसाथीको हँसिलो मुहारले तपाईंको जीवनमा कस्तो प्रभाव पार्छ । मिसिगन स्टेट युनिभर्सिटीका मनोज्ञान प्रोफेसर विलियम चोपिकका अनुसार जीवनसाथी प्रसन्न र सधैँ खुसी रहँदा तपाईंको जीवन स्वस्थ र तन्दुरुस्त रहन्छ ।%e0%a4%b9%e0%a4%b8%e0%a4%bf%e0%a4%b2%e0%a5%8b

उनका अनुसार एउटा हँसिलो जीवनसाथीसँग रहँदा आफ्नो स्वास्थ्यमा वृद्धि हुन्छ । १९ सय ८१ जना युवामा गरिएको अनुसन्धानअनुसार प्रसन्न जीवनसाथी भएकाहरूको स्वास्थ्य हरेक समय राम्रो हुँदै गएको थियो । यो अध्ययनले निकालेको निष्कर्षअनुसार दम्पतीमा खुसी र प्रसन्नता कायम रहन सामाजिक सम्बन्धमा जोडिइरहन पनि आवश्यक छ ।

योभन्दा पहिलाका अनुसन्धानहरूले भन्ने गर्थे– अधिकांश खुसी मानिस स्वस्थ हुन्छन् । तर, चेपिक यो निष्कर्षभन्दा पनि एक कदम अगाडि बढेर पारस्परिक सम्बन्धको स्वास्थ्यमा कस्तो प्रभाव रहन्छ भन्ने जान्न चाहन्थे ।

उनका अनुसार ‘हँसिलो जीवनसाथी अलि बढी सामाजिक सहयोग तथा हेरचाहमा अगाडि रहन्छ ।’ यसको विपरीत दुःखी जीवनसाथी आफ्नै तनाव तथा समस्यामा अल्झेर रहन्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, चैत्र १६, २०८०