हुन्डीको कारोबार गर्ने पाँच जना रकमसहित पक्राउ

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१७ आश्विन २०७३, सोमबार ०६:४०

वीरगन्ज। हुन्डीको कारोबार गर्ने पाँच जनालाई प्रहरीले ठूलो मात्रामा रकमसहित पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले वीरगन्ज उपमहानगरपालिका– ६ रेशमकोठीबाट सन्तोषकुमार जैन, उषा गोयन्का, विक्कि जैन, सुनिलकुमार पटेल र जिवन ठाकुरलाई पक्राउ गरेको हो । उनीहरुबाट प्रहरीले रु ८१ लाख नगद, रु एक करोड ३२ लाख ८७ हजारबराबरको चेक, ल्यापटप, फ्याक्स मेसिन, पैैँसा गन्ने मेसिन एक–एक थान र मोबाइल छ थान बरामद गरेको प्रहरी उपरीक्षक राजबाबु श्रेष्ठले जानकारी दिनुभयो ।

हुन्डीको कारोबारमा संलग्न रहेका पाँचै जनालाई वित्तिय सम्बन्धि ऐन २०६३ अन्तर्गत थुनामा राखि कारबाही प्रक्रिया अघि बढाएको उहाँले बताउनुभयो । पक्राउ परेकाहरु लामो समयदेखि हुन्डी बारोबारमा संलग्न रहँदै आएका बताइएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, चैत्र १६, २०८०