पौष्टिक आहारकै कारण निजी विद्यालय छाडेर सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढ्यो

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१५ आश्विन २०७३, शनिबार १८:००

जाजरकोट ।  जाजरकोटका अधिकांश सामुदायिक विद्यालयमा पौष्टिक आहार पाउन थालेपछि विद्यार्थीको सङ्ख्यामा उल्लेखनीय बृद्धि भएको छ । पौष्टिक आहारकै कारण निजी विद्यालय छाडेर सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढेको हो ।%e0%a4%aa%e0%a5%8c%e0%a4%b7%e0%a5%8d%e0%a4%9f%e0%a4%bf%e0%a4%95-%e0%a4%86%e0%a4%b9%e0%a4%be%e0%a4%b0%e0%a4%95%e0%a5%88-%e0%a4%95%e0%a4%be%e0%a4%b0%e0%a4%a3-%e0%a4%a8%e0%a4%bf%e0%a4%9c%e0%a5%80

‘शिक्षाका लागि खाद्य कार्यक्रम’बाट जिल्लाका ३४ हजार बालबालिका लाभान्वित भएका छन् । शिक्षाका लागि खाद्य कार्यक्रम इकाइ जाजरकोटका अनुसार, यो कार्यक्रम अन्तर्गत जिल्लाका विभिन्न १८ गाविसका बाल विकास, प्रावि र निमाविमा पौष्टिक आहार उपलब्ध गराउँदै आएको छ ।

विद्यालयमा विद्यार्थीलाई नियमित उपस्थित गराउन ग्रामीण भेगका विद्यार्थीको खाजास्वरुप नेपाल सरकार र विश्व खाद्य कार्यक्रमको साझेदारीमा पौष्टिक आहार कार्यक्रम सञ्चालन भइरहेको छ । जिल्लाका १९ बालविकास, १६६ प्रावि र ४६ निमावि गरी २३१ विद्यालयमा शिक्षाका लागि खाद्य कार्यक्रम लागू भएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख १२, २०८१