ट्याटूमा प्रयोग हुने मसी घातक (अनुसन्धान)

mukunda500.dhungana@gmail.com' rastriyakhabar
११ आश्विन २०७३, मंगलवार १६:३७

एजेन्सी ।  आजभोलि युवायुवतीले शरीरका विभिन्न भागमा आर्कषक ट्याटु खोप्ने संस्कार बढ्दो छ । तर ट्याटुमा प्रयोग हुने मसीले गम्भीर स्वास्थ्य सम्बन्धी समस्या निम्त्याउने विज्ञहरुले चेतावनीदिएका छन् । पछिल्ला वर्षमा ट्याटुमा प्रयोग हुने मसी झन् घातक हुने गरेको उनीहरुको भनाई छ ।%e0%a4%9f%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%9f%e0%a5%82
विशेषगरी अमेरिकाबाट निर्यात गरिने टाटुको मसीमा स्वास्थ्यका लागि गम्भीर हानिकारक रसायन मिसाईएको रिपोर्टमा उल्लेख छ । मसीमा क्यान्सर निम्त्याउने हानिकारक रसायन लगायत अन्य खतरनाक तत्वहरु पाईने गरेको अध्ययनमा उल्लेख छ ।

युरोपेली आयोगको संयुक्त अनुसन्धान केन्द्रको रिपोर्टअनुसार मसीमा आर्सेनिक, लीड, निकेल, अर्गानिक कम्पाउन्ड, व्याक्टेरिया र अन्य सम्भावित हानिकारक तत्वहरु पाइन्छ । युरोपेली युनियन ९ईयु० अन्तर्गतका मुलुकमा प्रयोग भइरहेका मसीको बारेमा गम्भीर समीक्षा गर्न पनि रिपोर्टले आव्हान गरेको छ । ट्याटुमा अहिले प्रयोग भइरहेको मसीमा नियन्त्रण गर्न पनि विज्ञहरुले सुझावदिएका छन् ।

रिपोर्ट सार्बजनिक भएपछि इयुले टाटुको मसीको सुरक्षाबारे अनुसन्धान गर्न युरोपेली केमिकल निकायलाई अनुरोध गरेको छ । ‘ट्याटुको मसी र स्थायी मेकअप ९पीएमयु० मा खतरनाक तत्व जस्तै क्यान्सर बनाउने, जेनेटिक परिवर्तन, प्रजननमा उत्तेजक असर, एलर्जीलगायत स्वास्थ्यमा अन्य गम्भीर असर पार्ने तत्वहुन सक्छन्,’ अध्ययनमा भनिएको छ ।

धेरै अमेरिकी नागरिकले ट्याटुप्रति चासो बढाईरहेकै बेला रिपोर्ट सार्बजनिक भएको हो । सर्बेक्षणअनुसार अमेरिकामा हरेक ३ मध्ये १ जना बयस्कले ट्याटु खोप्छन् ।

अमेरिकाको खाद्य तथा औषधिसम्बन्धी प्रशासन एफडीएले ट्याटुको मसीप्रति गम्भीर चासो जनाएको छ । ट्याटुमा प्रयोग हुने भर्जिन इन्क व्याक्टेरिया संक्रमित भएको पाइएको थियो । स्वास्थ्य खबरपत्रिका

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख १३, २०८१