अष्ट्रेलियामा नेपाली विद्यार्थीलाई ला ट्रोब युनिभर्सिटीले २५ प्रतिशतसम्म छात्रवृत्ति दिने

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१० आश्विन २०७३, सोमबार ११:२५

अस्ट्रेलिया । अस्ट्रेलियाको मेलवर्न सहरस्थित विश्वकै प्रतिष्ठित ला ट्रोब विश्वविद्यालयले नेपाली विद्यार्थीलाई १५ देखि २५ प्रतिशतसम्म छात्रवृत्ति उपलब्ध गराउने घोषणा गरेको छ ।
विश्वविद्यालयले शैक्षिकसत्र २०१७ देखि नेपालीलगायत अन्तर्राष्ट्रिय विद्यार्थीलाई स्नातक र स्नातकोत्तर तहको अध्ययनमा १५ देखि २५ प्रतिशतसम्म छात्रवृत्ति उपलब्ध गराउने घोषणा गरेको हो ।%e0%a4%b2%e0%a4%be-%e0%a4%9f%e0%a5%8d%e0%a4%b0%e0%a5%8b%e0%a4%ac-%e0%a4%af%e0%a5%81%e0%a4%a8%e0%a4%bf%e0%a4%ad%e0%a4%b0%e0%a5%8d%e0%a4%b8%e0%a4%bf%e0%a4%9f%e0%a5%80

“विश्वका उत्कृष्ट ४०० विश्वविद्यालयमध्ये ४८औँ स्थानमा रहेको हाम्रो विश्वविद्यालयमा ३० हजार भन्दाबढी विद्यार्थी अध्ययनरत छन्, जसमा नेपालीको सङ्ख्या २०० बढी छ”– विश्वविद्यालयका प्राध्यापक पल म्याथरले भने ।

विश्वस्तरीय अध्ययन अध्यापनका निम्ति प्रसिद्धि कमाएको विश्वविद्यालयले आगामी वर्षदेखि त्रिभुवन विश्वविद्यालयलगायत नेपालका विश्वविद्यालयसँग शैक्षिक कार्यक्रममा सहकार्य गर्ने योजना बनाएको जानकारी पनि उनले दिए ।

तीनवर्षे स्नातक र दुईवर्षे स्नातकोत्तर कार्यक्रम सेमेस्टर प्रणालीमा सञ्चालन हुने र पूरै कार्यक्रममा घोषित छात्रवृत्ति उपलब्ध गराइने जानकारी दिँदै प्रा पलले ‘जसले पहिले भर्नाका निम्ति आवेदन गर्छ उसले नै छात्रवृत्ति पाउने’ ९फस्ट कम फस्ट सर्भ० नीति विश्वविद्यालयले निर्धारण गरेको बताए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख १३, २०८१