पूर्व गृहमन्त्री घिमिरेको खोजी कार्य जारी

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१० आश्विन २०७३, सोमबार १०:२७

काठमाडौँ ,१० असोज। आइतबार साँझ पृथ्वी राजमार्गअन्तर्गत चितवनको दाह्रेचोक गाविस–३ घोप्टेभिरबाट त्रिशूली नदीमा खसेर बेपत्ता भएका पूर्व गृहमन्त्री माधवप्रसाद घिमिरेसहित उनका तीन दाजुभाइको खोजी कार्य पुनःआज बिहानबाट सुरु भएको छ ।
घटनास्थलमा रहेका प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंहका अनुसार राति १:३० बजेसम्म खोजी कार्य जारी राखेको भए पनि फेला पार्न नसकिएपछि बिहान ५स्३० बजेबाट पुनः खोजी कार्य थालिएको छ।%e0%a4%aa%e0%a5%82%e0%a4%b0%e0%a5%8d%e0%a4%b5-%e0%a4%97%e0%a5%83%e0%a4%b9%e0%a4%ae%e0%a4%a8%e0%a5%8d%e0%a4%a4%e0%a5%8d%e0%a4%b0%e0%a5%80-%e0%a4%98%e0%a4%bf%e0%a4%ae%e0%a4%bf%e0%a4%b0%e0%a5%87
राति चुम्बक र हुक एङकरले नदीमा गाडी र व्यक्तिको खोजी कार्य गरिएको भए पनि फेला पार्न नसकिएको हो। जेनेरेटर चलाएर लाइटिङ टावरमार्फत उज्यालो पारेर खोजी गरिएको थियो। गोताखोर समेत खोजी कार्यमा जुटेका छन् ।
आज बिहानबाट भने जिल्लाको रसौलीमा रहेको नेपाली सेनाको विपद् व्यवस्थापन गणको टोली पनि परिचालन गरिएको उनले बताए। गाडी खसेको ठाउँमा एउटा डुङ्गामा चढेर खोजी कार्य जारी छ भने अर्को डुङ्गामार्फत नदीको बहावसँगै खोजी कार्य थालिएको छ। नदीका अन्य ठाउँमा पनि नेपाली सेना, सशस्त्र प्रहरी र जनपथ प्रहरी परिचालन भएको सिंहले बताए।
दुर्घटनाभएसँगै कुरिनटारमा रहेको सशस्त्र प्रहरी विपद् व्यवस्थापन तालिम केन्द्रको टोली अनवरत रुपमा जुटिरहेको छ । सोही ठाउँबाट केही दिन अघि त्रिशूलीमा खसेको ट्रक पनि अझै बेपत्ता छ। पानी धमिलो र खोलाको बहाव उच्च रहेकाले खोजी कार्यमा कठिनाइ भएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१