विराटनगर बजार सुनसान र भारतको जोगवनी बजारमा नेपाली ग्राहकको भीडभाड

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१० आश्विन २०७३, सोमबार १०:०६

मोरङ, १० असोज । दशैँ नजिकिँदै जाँदा किनमेल गर्ने क्रममा मोरङको मुख्य बजार विराटनगर बजार सुनसान र भारतको जोगवनी बजारमा नेपाली ग्राहकको भीडभाड भएपछि व्यवसायी पलायन हुने अवस्था सिर्जना भएको मोरङका व्यवसायीले गुनासो गरेका छन् ।
विराट व्यापार सङ्घका अध्यक्ष शिव रिजालले सरकारले स्वदेशी बजार प्रवद्र्धन गर्ने कुनै कार्यक्रम ल्याउन नसक्दा सस्तोमा उपभोग्य सामग्री खरिद गर्न नेपाली उपभोक्ता भारतीय बजार जोगवनी जाने गरेको बताउनुभयो । उहाँले भन्नुभयो “नेपाली ग्राहकका लागि हामीले स्वदेशी बजार प्रवद्र्धन कार्यक्रम ल्याउन नसक्दा समस्या आइपरेको हो ।”

त्यसैगरी मोरङका प्रमुख जिल्ला अधिकारी तोयम रायाले चोरी तस्करीलाई नियन्त्रण गर्न र भन्सार करमा सुधार गर्न नेपाली उपभोक्ता सामान खरिद गर्न जोगवनी नजाने वातावरण बनाउन सरोकारवाला निकाय मिलेर लाग्नुपर्ने बताउनुभयो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, चैत्र १५, २०८०