चिराइतो खेतीमा रोग लागेपछि किसान चिन्तित

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१० आश्विन २०७३, सोमबार १०:०२

भोजपुर, १० असोज । गत वर्षको तुलनामा यस वर्ष चिराइतोले बजार भाउ पाए पनि बालीमा रोग लागेपछि भोजपुरका किसान चिन्तित बनेका छन् ।
माथिल्लो भेगका किसानका लागि आम्दानीको मुख्य स्रोत बनेको चिराइतोको बोट कालो हुने, सुकेर जाने, जरामा किरा पर्ने रोग देखिएपछि किसान चिन्तित बनेका हुन्् ।%e0%a4%9a%e0%a4%bf%e0%a4%b0%e0%a4%be%e0%a4%87%e0%a4%a4%e0%a5%8b-%e0%a4%96%e0%a5%87%e0%a4%a4%e0%a5%80%e0%a4%ae%e0%a4%be-%e0%a4%b0%e0%a5%8b%e0%a4%97-%e0%a4%b2%e0%a4%be%e0%a4%97%e0%a5%87%e0%a4%aa

खेती लगाएर हुर्कर्दै गरेको आधाजसो बोट रोगले सखाप पार्न लागेपछि उत्पादनमा गिरावट आई आम्दानी गुम्ने भएको षडानन्द नगरपालिका–८ का कमल भुजेलले बताउनुभयो । उहाँका अनुसार “दाम आउने बोट जरासितै मर्न थालेको छ,” “बगानै खत्तम हुन लागेको छ, हाम्रो खाने लाउने, घरखर्च टार्ने मेलोमेसो नै गुम्न लागेको छ ।”

कृषि विकास कार्यालय भोजपुरमा उपचार पद्धतिबारे सोधपुछ गर्दा अनविज्ञता व्यक्त गरेको सोही ठाउँका अर्का कृषक ग्याल्जेन शेर्पाले बताउनुभयो ।

माथिल्लो भेगको एक हजार ७०० देखि तीन हजार मिटर उचाइसम्ममा उत्पादन हुने चिराइतोबाट पोहोर साल प्रतिघर रु २४ लाख कमाएका किसानले यस वर्ष भाउ पाए पनि रु ५० हजारसमेत बनाउन नसक्ने अनुमान लगाइसकेका छन् । छोटो र कम लगानीबाटै अत्यधिक आम्दानी लिन सकिने भएपछि विगत छ वर्षदेखि परम्परागत खेतीलाई छाडेर नगदेबाली चिराइतोमा भोजपुरका कृषक आकर्षित बनेका हुन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१