शिक्षाको ज्योति छर्दै डा.सैयद

mukunda500.dhungana@gmail.com' rastriyakhabar
९ आश्विन २०७३, आईतवार १८:३०

काठमाडौँ । चिकित्सा क्षेत्रमा फरक नाम राख्न सफल बरिष्ठ चिकित्सक तथा समाजसेवी डा. मनोर दिन सैयदले आफुले गर्ने समाजसेवाको फराकिलो दायरा मध्ये बालबालिकाको शिक्षा क्षेत्रमा काम गर्न पाउदा आफुलाई सबै भन्दा खुशी लाग्ने बताउनु भएको छ ।

भीम मा.बि.थानकोटमा आयोजित छात्रवृत्ति वितरण कार्यक्रम मा बोल्दै डा.सैयद ले बिद्यालय  शान्ति क्षेत्र तथाबिद्यार्थी  शान्तिका दूत भएको बताउदै बिद्यालयमा बन्द हड्ताल भएर शिक्षामा असर गर्दा आफू लाइ नरमाइलो महशुस हुने गरेको बताउदै बालबालिकासंग आफ्नो बाल्यकाल को अनुभब सम्बन्धि केहि बेर भलाकुशारी गर्दा बिद्यार्थीहरुले रमाइलो मानेर सुनेका थिए ।

नेपालमा लामो समय देखि शिक्षा क्षेत्रमा सहयोग गरेका  आफ्ना साथहरुलाइ बिशेष धन्यवाद दिदै डा.सैयदले आफुहरुको संस्था एसियन श्रोत बिकाश केन्द्र नेपाल ले बिगत १० वर्ष देखि परोपकारी कार्य हरु मात्रै गरेको बताउनु भयो।

आफ्नो संस्थाले पुनर्निर्माण गरेको भूकम्प प्रभावित भवन हरु समेत डा. सैयदले आजै अवलोकन गर्नुभयो। भविस्यमा समेत राष्ट्र निर्माण मा आफ्नो भूमिका अझै सशक्त बनाउने बताउनु भयो र एसियन श्रोत बिकाश केन्द्र नेपालले काठमाडौँ , स्यांग्जा , दाङ र गोर्खा लगाएत का जिल्लामा गरी १००० जना सरकारी बिद्धयार्थी हरु लाइ सामग्री वितरण तथा छात्रवृत्ति प्रदान गर्दै आइरहेकोछ।
भीम मा.बिका प्र.अ. इन्द्र काप्री ले संस्था को काम बाट आफु निकै प्रभावित भएको र डा.सैयदको सक्रियता बाट सबैले पाठ सिक्नु पर्ने बताउनु भयो र ६ बर्षिया पेम्बाले आफुले नया कपडा पाउदा खुशी लागेको र पढाई मा अझै ध्यान दिने बताईनर कार्यक्रम अन्य समाजसेवी किशोर पाण्डे ,तोजमिरन मिया र मिरा तामांग लगाएतको उपस्थिति थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख १३, २०८१