पूर्व गृहमन्त्री घिमिरे चढेको गाडी त्रिसुलीमा बेपत्ता,चार जनाको उद्धार,घिमिरेसहित तीन जना बेपत्ता

mukunda500.dhungana@gmail.com' rastriyakhabar
९ आश्विन २०७३, आईतवार १८:१५

काठमाडौं । पूर्व गृहमन्त्री माधवप्रसाद घिमिरे चढेको गाडी त्रिसुलीमा बेपत्ता भएको छ । घिमिरे चढेको बा ९ च १५३१ चढेको गाडी चितवनको दाह्रोचौकस्थित घोप्टेभिरबाट आइतबार साँझ ४ बजे खसेर बेपत्ता भएको हो ।मुग्लिनबाट काठमाडौं जाँदै गरेको स्कार्पियो कारमा सवार घिमिरेसहित तीन जना बेपत्ता छन् ।

कारमा सवार व्यक्तिहरु घिमिरेका परिवारका सदस्य भएको हुन सक्ने अनुमान गरिएको छ ।चितवन प्रहरी प्रमुख वसन्त कुँवरका अनुसार सात जना सवार गाडीका एक महिलासहित चार जनाको उद्धार गरिएको छ । बृद्ध महिला चैतन्यकुमारी, घिमिरेकी आमा भएको अनुमान गरिएको छ । उनीसहित चालक विष्णु राई, सशस्त्र प्रहरीका हवल्दार आरसी कार्की र नारायणप्रसाद काफ्लेको उद्धार गरिएको छ । राई जनाको अवस्था गम्भीर छ ।

कार पुरै पानीमा डुबेको र खोजीकार्य जारी रहेको कुँवरले जानकारी दिए । कुरीनटारस्थित सशस्त्र प्रहरी बलको आपत्तिकालिन उद्धार टोली घटनास्थलमा परिचालित छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख ८, २०८१