सौता

mukunda500.dhungana@gmail.com' rastriyakhabar
९ आश्विन २०७३, आईतवार १७:३२

१४ बर्षको उमेरमा म बेहुली भए । बिहे गर्दा मनमा उत्सुकता थियो ,ओहो कस्तो होला नयाँ घर । लोग्ने म भन्दा १ बर्ष कान्छा छन् रे भाउजुले भनेकी । खेतिपाति प्रशस्त छ रे खान दुख छैन रे ,सासु सोझी छिन् रे त्यसमाथि एक्लो छोरो । मेरी आमाको खुसीको सिमा थिएन ।
बिहा भयो म बुहारी भए । पहिलो दिन देखि नै घरमा शान्ति छैन भन्ने भान भइरहेको थियो । ससुराले अपुताली सम्पतिको लोभमा आफनो भाइ मरे पछि भाइ बुहारी संगै राखेका रहेछन् । घरमा उनलाइ सबैले कान्छी आमा भन्दा रहेछन् । सासुको त घरमा कुकुरको जति भाउ पनि रहेनछ । देउरानी र लोग्नेसंग डराएपनि सासुसंग भने पौठेजोरी खेल्न खोज्थिन ।
दिनहरु बित्दै गए । मैले लोग्नेलाइ म प्रति लगाव नभएको जस्तो पाउँदै गए । उनी बिहान विद्यालय जान्थे र बेलुका मात्र आउँथे । कान्छि सासु मलाइ लोग्नेको छेउमै नपरे हुन्थ्यो झै गर्थिन । सासुलाइ ठुटो चुरोट जस्ले दिन्छ उस्कै पछि लाग्दैमा फुर्सद थिएन । समय बित्दै गयो । विवाह भएको ८ बर्षमा पनि मेरो सन्तान भएनन । हुन पनि कसरी । म विवाहित कुमारी जो थिए ।
कान्छि सासुको सधैको कचकच ,सासुको मलाइ मात्र टोकस्ने बानी ,लोग्नेको माया नपाएकी म अरुको नजरमा धनिमानीकी बुहारी थिए ।
बिहान उठ घरधन्दा गर , बिहान घाँस दाउरा गर , घर आउ एक गाँस टिप भाँडा चुलो गर अनि मेला जाउ अनि फेरी बेलुकी उही चुलो चौको गर । अहिले लाग्छ यो शरीर कतिसम्म चल्न सक्दो रहेछ । नन्द थिइन तर उनको मनका कहिले पनि भाउजुको माया उर्लेन । सासुलाइ आफु बुहारी हुँदाको सम्झना नै आएन अनि लोग्नेलाइ स्वास्नी प्रतिको कर्तव्य नै महसुस भएन । उफ ति दिनहरु ‘‘‘‘
बिहे भएको ८ बर्ष पछि म गर्भवति भए । धनिमानी घर भए पनि हाम्रो घरमा दुइ थरि खाना पाक्थ्यो । मन्सुली चामलको भात कान्छि सासु नन्द र ससुराको लागी । रोटी ढिडो सासु र मेरो लागी । महिनाबारी रोकिएको कान्छि सासुलाइ फिटिक्कै मन परेको थिएन । सधै नै बचन लाएर खान दिन्थीन । तिनलाइ के थाहा आमा हुन पाउनुको सुख ।
९ महिना लागी सक्दा पनि मेरो पेट देखिएको थिएन । एकदिन ब्यथा लाग्यो । मुला लिन बारीमा गएँकी थिए । सानीसुतक भयो । मुला बोकेर घर आएँ । कहिले ब्यथा लाग्ने कहिले छोड्ने हुँदै थियो । मैले के भएको बुझनै सकिन । दिउसो कोदो टिप्ने मेला थियो । मेला गए तर हातले कोदाको बाला नै समातेन । बल्ल बल्ल साँझ भयो । घरमा आएर ज्वरो आयो भनेर सुते । बान्छि सासुले ब्यथा लागेको होला भन्दै गुन्द्री ल्याएर दिइन । एउटा ओढने मण्डी र ओछ्याउने टालो पनि थिएन र त्यो रातभर कसैले के भयो कस्तो भयो भनेर सोध्न पनि आएन । अब त मर्न पनि आँट आउन छोडीसकेको थियो । त्यो पेट भित्रको सन्तान रुपि माया मलाइ मर्न पनि दिदैन थियो । रातभर आँखाबाट बर्षे झरी झरीरहयो झरीरहयो । रातभर पखाला लाग्यो । पेटको बच्चा खासै चलेको पनि थिएन । रगत बगिरकेको थियो । २ दिन भयो ब्था लागेको । रगत धेरै नै बगेर होला अब त मर्छु होला जस्तो लाग्न थालेको थियो । बिहान धारामा गएर नुहाए । पल्लो घरकी नन्दले पर सरेको हो भाउजु भनेर सोधिन । ९ महिना हुँदा पनि पेट नै देखिदैनथियो ।
तेस्रो दिन पनि व्यथा मात्र लाग्यो दिनभर अलि अलि रगत बगि नै रहयो । राति बाट भने होस हराए जस्तो मर्छु अब जस्तो हुँदै थियो । गाउँमा पनि हल्ला भएको रहेछ । गाँउलेले अस्पताल लानु पर्छ भनेछन् तर
बाँकी अर्को अंशमा……

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख ८, २०८१