सरकारले संविधान संशोधनको तयारी गरिरहेको छ : उपप्रधानमन्त्री निधि

mukunda500.dhungana@gmail.com' rastriyakhabar
९ आश्विन २०७३, आईतवार १३:५७

जनकपुरधाम । उपप्रधानमन्त्री विमलेन्द्र निधिले सरकारले संविधान संशोधनको तयारी गरिरहेको जानकारी दिएका छन् ।

उनले संविधान संशोधनपछि कार्यान्वयन गर्ने सन्दर्भमा तीन निर्वाचन सम्पन्न गराउने जिम्मेवारी सबैको काँधमा भएको बताए । ‘मुलुकमा अब आन्दोलन नभई संविधान संशोधन र कार्यान्वयनको आवश्यकता छ,’ उनले भने ।nidhi

गृहमन्त्री निधिले सरकारको जनकपुरमा उच्च अदालतको स्थापना गर्ने निर्णयले जनकपुरलाई प्रदेशको राजधानी बन्ने सम्भावनाको ढोका खोलेकाले सो अनुरूप जनकपुरलाई मिथिला संस्कृतिको परिचायकका रूपमा प्रवद्र्धन गरिएमा सङ्घीयताको तात्विकता सिद्ध हुने धारणा राखे ।

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, बैशाख ११, २०८१