घुमफिर वर्ष–२०१६ लाई प्रचारप्रसार गर्ने मुख्य उदेश्यले टुरिजम एक्सप्रेस पत्रिकाको दशैं–तिहार हंगामा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
९ आश्विन २०७३, आईतवार ०७:५२

रामेछाप । रामेछापमा -लोकप्रिय पर्यटन पत्रिका टुरिजम एक्सप्रेसले बडा दशैंको अवसरमा भब्य कार्यक्रम राख्ने भएको छ । पत्रिकाले घुमफिर वर्ष–२०१६ लाई प्रचारप्रसार गर्ने मुख्य उदेश्यले रामेछापमा भव्य कार्यक्रमको आयोजना गर्न लागेको हो । असोज २२ गते फूलतातीको दिन जिल्लाको नामाडी गा.वि.स.मा जिल्ला स्तरीय दशैं–तिहार विशेष लोकदोहोरी प्रतियोगीताको आयोजना गर्ने भएको हो । dashaiप्रतियोगीतामा राष्ट्रिय स्तरमा ख्याती प्राप्त कलाकारहरु प्रतिस्पर्धा गर्न पाउने छैनन् । त्यस्तै, सहभागि टिमले जमरामा जौ छ बोलको गीतमा दशैं–तिहार बिशेष आफ्नै मौलिक शब्दमा गाउनुपर्नेछ । एक गा.वि.स.बाट बढीमा एक टिम पुरुष र एक टिम महिलालेमात्र प्रतियोगितामा सहभागि हुन पाउनेछन् । त्यस्तै, टिम दर्ता शुल्क रु एक हजार तोकिएको छ भने असोज १७ गतेभित्र टिम दर्ता गरिसक्नुपर्नेछ । त्यस्तै, सहभागि टिमले अनिवार्य आफ्नो गा.वि.स वा क्लबको ब्यानर अनिवार्य रुपमा ल्याउनुपर्नेछ तथा स्वयं टिम राष्ट्रिय पोशाकमा विहान ठीक नौं बजेभित्र प्रवेश गरिसक्नुपर्ने प्रतियोगिता अन्तर्गत टिम दर्ता एवं संकलन बिभाग प्रमुख सविना गुरुङले बताइन् । त्यस्तै, प्रथम विजेताको निम्ति रु दश हजारसहित मेडल, प्रमाण–पत्र र एउटा लोक दोहोरी एल्बममा स्वर भर्ने सुनौलो अवसर प्रदान गरिनेछ । द्धितिय पुरस्कार रु सात हजारसहित मेडल, प्रमाण–पत्र र प्रत्येकलाई आकर्षक भित्ते घडी प्रदान गरिनेछ । तृतीय पुरस्कार रु पॉच हजारसहित मेडल, प्रमाण–पत्र र कपसेट प्रदान गरिनेछ भने सान्त्वना पुरस्कार रु तीन हजारसहित मेडल, प्रमाण–पत्र र प्रत्येकलाई कप प्रदान गरिनेछ । कार्यक्रमलाई सभ्य र भव्य बनाउनको लागि अहिले रामेछाप र दोलखा जिल्लाका आधा दर्जन रेडियोहरुमा बिज्ञापन बजिसकेको तथा सामाजिक सञ्जालमार्फत पनि ब्यापक प्रचारप्रसार गरिएको प्रतियोगिता अन्तर्गत मिडिया संयोजक महेश खड्काले बताए । उनका अनुसार यसको निम्ति जिल्लाका पत्रिकाहरुमा पनि केही दिनमा बिज्ञापन प्रकाशन गरिनेछ । त्यस्तै, असोज १० गते जिल्लाको सदरमुकाम मन्थलीमा पत्रकार सम्मेलन गरिने भएको छ । कार्यक्रममा जिल्लाका राजनीतिक पाटीका प्रमुख÷प्रतिनिधि, सम्बन्धित निकायका प्रमुख, पेशागत बुद्धिजीवि, समाजसेवी, सुरक्षा निकायका प्रमुख÷प्रतिनिधि, सञ्चारकर्मी, कलाकार एवं कलाकारहको ब्यापक उपस्थिती रहने भएको छ । आन्तरिक व्यवस्थापनको निम्ति इन्दिरा खड्काको संयोजकत्वमा सो गा.वि.स.मा रहेका आमा समूह एवं श्री कमलादेवी उ.मा.वि.मा कक्षा ११ र १२ मा अध्ययनरत छात्र÷छात्रा गरी जम्मा ४५ सदस्यीय आन्तरिक व्यवस्थापन समिति गठन गरिएको छ । अहिलेदेखिनै समिति स्थानिय स्तरमा स्थानिय पहिचान, सरसफाई र ब्यापक प्रचारप्रसारमा सक्रिय रहेको संयोजक खड्काले बताइन् । नेपाल पर्यटन बोर्डले घोषणा गरेको घुमफिर वर्ष–२०१६ लाई राष्ट्रव्यापी रुपमा प्रचारप्रसार गर्न एवं अत्यावश्यक र लोकप्रिय नारालाई स्थानिय जनमानसको मनमष्तिक्ससम्म पु¥याउन एवं नेपाली लोकसंस्कृतिको मौलिकतालाई दिगो बनाइराख्य तथा पर्यटनको सम्भावना बोकेको सो गा.वि.स.को पहिचान गराउन सो कार्यक्रमको आयोजना गरिएको टुरिजम एक्सप्रेस मिडिया ग्रुपका अध्यक्ष अनिल नेपालीले बताए । त्यस्तै, उनले सो कार्यक्रम विल्कुलै घुमफिर वर्षलाई थप प्रभावकारी बनाउन एवं पर्यटन प्रबद्र्धन र स्थानिय नयॉ पहिचानकै लागि केन्द्रित भएकाले पर्यटनका सम्बन्धित निकायले सहयोग गर्नुपर्ने बताए । कार्यक्रममा स्थानिय स्तरमा रहेर शिक्षा, स्वास्थ्य, यातायात, कृषि, कला, बित्तिय, समाजसेवा आदीमा योगदान पु¥याउने एक दर्जनभन्दा बढीलाई सम्मान गरिने भएको छ । त्यस्तै, कार्यक्रममा स्थानिय बाजागाजा र बिभिन्न जातिको नृत्य पनि प्रस्तुत गरिने आन्तरिक व्यवस्थापन समिति संयोजक खड्काले बताइन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख १५, २०८१