अष्ट्रेलियाले पाँच बर्षे भिसा दिने

mukunda500.dhungana@gmail.com' rastriyakhabar
९ आश्विन २०७३, आईतवार ०७:२३

क्यानबेरा । अष्टेलियामा रहेका आप्रवासीका परिवारले पाँच वर्षको अस्थायी आवासीय प्रवेशाज्ञा पाउने भएका छन् ।
लामो समयदेखि पारिवारिक प्रवेशाज्ञाको पर्खाइमा रहेका परिवारका लागि सहज होस् भन्ने उद्देश्यले पाँच वर्षको अस्थायी प्रवेशाज्ञा दिने घोषणा गरिएको अष्टे«लिया सरकारले जनाएको छ ।%e0%a4%85%e0%a4%b7%e0%a5%8d%e0%a4%9f%e0%a5%8d%e0%a4%b0%e0%a5%87%e0%a4%b2%e0%a4%bf%e0%a4%af%e0%a4%be%e0%a4%b2%e0%a5%87-%e0%a4%aa%e0%a4%be%e0%a4%81%e0%a4%9a-%e0%a4%ac%e0%a4%b0%e0%a5%8d%e0%a4%b7%e0%a5%87

अष्ट्रेलियामा बसिरहेका आप्रवासीहरुमा तत्कालीन प्रवेशाज्ञा प्रक्रियाका कारण निराशा छाएकाले यस्तो निर्णय लिइएको अष्ट्रेलियाको आप्रवासी मन्त्रालयका सहायक मन्त्री एलेक्स हकले शनिवार जानकारी दिनुभएको हो ।

अहिले अष्ट्रेलियाका आप्रवासीले आफ्नो परिवार अष्ट्रेलिया लैजान चाहेमा प्रवेशाज्ञाको लागि लामो समय कुर्नुपर्ने अवस्था रहेको छ । तर नयाँ व्यवस्थाअनुसार आप्रावासीका परिवारले लामो समय नपर्खिकनै पाँच वर्षका लागि अस्थायी प्रवेशाज्ञा पाउने भएका हुन् । प्रवेशाज्ञाका लागि तोकिएको रकम भने आप्रवासीले बुझाउनुपर्नेछ ।

“आप्रवासीहरुलाई आफ्ना परिवारसँग सँगै रहन हामी सहयोग गर्न चाहन्छौं, त्यसका लागि अष्ट्रेलियाको स्वास्थ्य प्रणालीले कुनै असर गर्ने छैन”, सहायक मन्त्री हकले भन्नुभयो ।

अष्ट्रेलिया सरकारले तत्काल १ हजार ५ सय आप्रवासीका परिवारलाई अष्टे«लियाका लागि प्रवेशाज्ञा दिने तयारी गरेको छ । अष्ट्रेलिया सरकारले घोषणा गरेको यो निर्णय आगामी जुलाई, २०१७ देखि मात्रै लागु हुने जनाइएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख ८, २०८१