नाट्टाको साईकल र्याली भब्यताको साथ सम्पन्न (फोटो फिचर सहित)

mukunda500.dhungana@gmail.com' rastriyakhabar
९ आश्विन २०७३, आईतवार ०६:५५

काठमाडौ । विश्व पर्यटन दिवसको अवसर पारेर नेपाल एसोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले शनिबार उपत्यकामा साईकल र्याली भब्यताको साथ  सम्पन्न गरेको छ । आजै कम्मर कसौं हाम्रा शहर सुन्दर शहर बनाउन भन्ने विभिन्न  नारासहित शहर सुन्दर राखौं भन्ने उदेश्यका साथ नाट्टाले र्याली आयोजना गरेको नाट्टाका कार्यबाहक अध्यक्ष सीएन पाण्डेले जानकारी दिए । नाट्टाको केन्द्रिय कार्यालय नक्साल दरबारमार्ग, सिंहदरबार, थापाथली हुँदै साईकल र्याली पाटन दरबार स्वायर पुगेर सरसफाई कार्यक्रम गर्नुका साथै र्याली फर्किएर त्रिपुरेश्वर, वसन्तपुर दरबार स्वायर, ठमेल हुँदै समापन गरिएको थियो  । nattaर्यालीमा२००  सय जनाभन्दा बढिको सहभागीता रहेको थियो । नाट्टा र कतार एयरवेजको संयुक्त व्यवस्थापनमा उक्त कार्यक्रम सम्पन्न भएको थियो  । साईकल र्यालीमा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी, नाट्टाका कार्यबाहक अध्यक्ष सिएन् पाण्डे, नाट्टाका पूर्व अध्यक्ष अर्जुन शर्मा लगायत विभिन्न संघसंस्था र पर्यटनसँग सम्बन्धित विभिन्न व्यक्तिहरुको सहभागीता रहेको थियो । दिवसकै अवसरमा आईतबार नाट्टाको केन्द्रिय कार्यालयमा बिहान १० बजे देखि दिउँसो २ बजेसम्म रक्तदान कार्यक्रमको आयोजना गरिएको पाण्डेले जानकारी समेत दिएका छन्  ।natta-1 natta-2 natta-3 natta-4 natta-6

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख ७, २०८१