मेरो चाँडै वीर्य स्खलन हुन्छ । यस्तो किन हुन्छ ?

mukunda500.dhungana@gmail.com' rastriyakhabar
८ आश्विन २०७३, शनिबार १८:११

यसलाई प्रिमेच्योर इजाकुलेसन भन्छन् । वास्तवमा पुरुषहरूमा यसरी छिटो स्खलन हुनु प्राकृतिक नियम नै हो भन्दा पनि हुन्छ । यो आदिम मानवको समयदेखिको कुरा हो । त्यसबेला आदिम मानवहरूलाई अहिलेको जस्तो ढिलो गरी स्खलन गर्ने समय हँुदैन थियो, किनभने त्यतिबेला हरेक पल जोखिमले भरिएको हुन्थ्यो ।sex

जंगली जीवजन्तुको डर, प्राकृतिक प्रकोप आदिका कारण उनीहरू छिट्टै नै स्खलित हुन चाहन्थे । अहिले चिकित्सा विज्ञानको अत्यधिक विकास भए पनि विश्वका धेरै पुरुष शीघ्र स्खलनको समस्याबाट पीडित छन् ।

स्खलनलाई ढिलो गर्ने तरिका छन् । यो मेहनत गरेर प्राप्त हुने गुण हो । यसका एकदुई विधि छन् । जस्तो, स्क्विज टेक्निक, केगल एक्सरसायजआदि । उसो त बजारमा शीघ्र स्खलन हुन नदिने स्प्रे तथा कन्डम पाइन्छन् । यस्ता कन्डममा ढिलो गरी स्खलन हुने औषधि मिसाइएका हुन्छन् । यस्ता कण्डमले पुरुषको मनोबल बढाउने काम गर्छन् । स्खलन ढिलो गर्ने औषधी पनि पाइन्छन् । तर, यस्ता औषधि प्रयोग गर्नुअघि चिकित्सकसँग राम्ररी सल्लाह गर्नुपर्छ । छिटो स्खलन हुनुको एउटामात्र उपचार विधि छैन । यसका लागि चिकित्सकसँग सल्लाह गरेर उपयुक्त उपाय अपनाउनुपर्छ ।

शुक्रबारबाट

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख १५, २०८१