९० लाख ब्लडमनि तिर्न नसकेर एक नेपाली युवा चार बर्षदेखि साउदी जेलमा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
७ आश्विन २०७३, शुक्रबार १३:३९

साउदी । साउदीको स्थानीय अदालतले तोकेका ब्लडमनि ९० लाख रुपैयाँ  बुझाउन नसक्दा भिमबहादुर दाहाल ४ बर्षदेखि साउदी अरबको रियादस्थित बादी अलदवासिर जेलमा रहेका छन् ।

बेलबारी  ८, मोरङका दाहालले चलाएको गाडी र साउदीको परिवार चढेको गाडीबीच ठक्कर खाएको थियो । गाडीमा सवार ८ जना साउदी परिवारका सदस्यमद्य एको मृत्यु भएको थियो भने बाँकीको हात खुट्टा भाँचिएको थियो ।

अदालतले दाहाललाई दोषी ठहर्‍याउँदै पीडित परिवारलाई ३ लाख रियाल ब्लडमनी र गाडीको मर्मतका लागि १७ हजार रियाल दिनुपर्ने फैसला सुनाएको थियो । उनको पछिल्लो अबस्था बुझन नेपाली दुताबासबाट बिजयकुमार राउत, मानबहादुर थापा र नेपाली समुदायको तर्फबाट बिमल गौतम पुगेका थिए ।

दाहालले आफुलाई सहयोग गर्न अनुरोध गरेका थिए । प्रधानमन्त्री पुष्पकमल दाहालले ब्लडमनी तिर्न नसकेर जेलमा भएका नेपालीलाई उद्धार गर्न सिड मनि बापत ५ लाख रुपैयाँ राखेर सहयोग जुटाइने घोषणा गरेका थिए ।

दुताबासले उनलाई आफूहरुबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । दाहालले आफुले ब्लडमनी तिर्न सक्ने हैसियत नभएको भन्दै अदालतमा बयान दिएको बताएका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख १३, २०८१