रामचन्द्र काफ्ले र जुनु रिजालको ‘थाहा भए जुनसरी’ सार्वजनिक (भिडियो)

mukunda500.dhungana@gmail.com' rastriyakhabar
७ आश्विन २०७३, शुक्रबार १३:०७
काठमाडौँ l  गीतकार तथा कवि कृष्ण बहादुर थापा क्षेत्रीको एल्बम ‘शब्दसागर’मा समावेश ‘थाहा भए जुनसरी’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ l जुन गीतमा गायक रामचन्द्र काफ्ले र गायिका जुनु रिजालको स्वर रहेको छभने सम्राट थापाले संगीत भर्नुभएको छ l
भावनाका रंगहरु कविता तथा मुक्तक संग्रह प्रकाशित गरिसक्नु भएका गीतकार तथा कवि कृष्ण बहादुर थापा क्षेत्रीको यो गीत एफ.एम तथा रेडियोमा श्रोताहरुले निकै नै मन पराउनु भएको छ l
निर्देशक दिलिप समनको निर्देशन तथा छायांकनमा उक्त भिडियोमा ज्ञानु र दीप फिचरिंग छन् l त्यस्तै भिडियोलाई म्युजिक हाईलाईटले सम्पादन गरेको छ l भिडियोलाई म्युजिक हाईलाईटले आफ्नो युट्युब च्यानल मार्फत सार्वजनिक गरेको छ l
भिडियो हेर्नुहोस्:

https://www.youtube.com/watch?v=xqmcDgNmzUA

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख ७, २०८१