रियल र बार्सिलोना दुवै बराबरीमा रोकिए

mukunda500.dhungana@gmail.com' rastriyakhabar
६ आश्विन २०७३, बिहीबार १३:१७

मड्रिड । स्पेनिस ला लिगा अन्तर्गत बुधबार राति सम्पन्न खेलमा रियल मड्रिड भिल्लारियल तथा बार्सिलोना एथ्लेटिको मड्रिडसँग बराबरीमा रोकिएका छन्।

बुधबार सम्पन्न खेलमा रियल मड्रिड भिल्लारियलसँग १–१ गोलको बराबरीमा रोकिएको हो। रियल मड्रिडका कप्तान सर्जयो रामोसले खेलको ४५ औं मिनेटमा पेनाल्टी बक्समा ह्यान्डबल गर्दा भिल्लारियलले पेनाल्टीको अवसर पाएको थियो।goal

उक्त पेनाल्टीमा गोल गर्दै बु्रनोले भिल्लारियललाई पहिलो हाफमा १–० को अग्रता दिलाएका थिए। तर दोस्रो हाफ सुरु भएको तेस्रो मिनेटमा नै रामोसले जेम्स रोड्रग्युजको कर्नरमा प्राप्त बलमा हेडिङमार्फत गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याएका थिए ।त्यसपछि खेलम कुनै गोल भएन र खेल १–१ गोलको बराबरीमा सकिएको हो।

त्यस्तै अर्को खेलमा बार्सिलोनाले एथ्लेटिको मड्रिडसँग १–१ गोलको बराबरी खेलेको छ। खेलको ४१ औं मिनेटमा गोल गर्दै ¥याकटिकले हेडर मार्फत गोल गर्दैै बार्सिलोनालाई सुरुवाती अग्रता दिलाएका थिए । खेलको ६० औं मिनेटमा गोल गर्दै कोरेराले खेललाई १–१ गोलको बराबरीमा ल्याएका थिए । त्यसपछि खेलमा कुनेै गोल भएन र खेल १–१ गोलको बराबरीमा सकिएको हो ।

यस बराबरीसँगै रियल मड्रिड ५ खेलको समाप्तीमा १३ अंकसहित लिगको शिर्ष स्थानमा रहँदा सेभिल्ला ११ अंकसहित लिगको दोस्रो स्थानमा रहेको छ । यता बार्सिलोना भने १० अंकका साथ लिगको तेस्रो स्थानमा रहेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख ७, २०८१